प्रदेश नम्बर १ सरकारको प्रदेश स्तरिय बिपत व्यवस्थापन समितिको बैठक बेलका नगरपालिकाको कार्यलयमा सम्पन्न भएको छ ।
व्यवस्थापन समितिका संयोजक प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की अध्यक्षतामा बसेको बैठकले उद्घार र राहतलाई पहिलो प्रथामिकतामा राखेर काम गर्ने निर्णय गरेको छ ।
बैठकले कोशि कटानलाइ नियन्त्रण गर्ने र उद्बार तथा राहतमा प्रदेश स्तरिय विपत ब्यवस्थापन समिति, जिल्ला स्तरिय विपत ब्यवस्थापन समिति र नगर स्तरिय बिपत ब्यवस्थापन समितिले समन्वय गरेर काम गर्ने निर्णय भएको छ ।
त्यस्तै बाढिको जोखिमा र प्रभावित भएका बस्तिका स्थानियलाई स्तानातारण गरि सुरक्षित रुपमा बसोबास गराउन वडा स्तरिय व्यवस्थापन र टोल बिकास समितिहरुलाई परिचालन गर्ने निर्णय भएको छ ।
त्यस्तै सरोकारवाला पक्षसंगको समन्य र सहयोग लिएर काम गर्न र तत्काल, त्रिपाल , खाद्यान्न लगायत अन्य सामाग्री व्यवस्थापन गर्ने निर्णय भएको छ ।
बैठकमा प्रदेश नं १ का सडक , यातायात भौतिक पुर्वआधार मन्त्री हिमाल कार्की, उदयपुर जिल्ला प्रशासन कार्यलयका प्रमुख बिरेन्द्रकुमार यादव , सुनसरी जिल्ला प्रशासन कार्यलय प्रमुख इन्द्रदेब यादव, मोरङ्ग जिल्ला प्रशासन कार्यपय प्रमुख कासिराम दाहाल, वेलका नगरपालिका प्रमुख अशोक कार्की, सुनसरीको वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की, सप्तरीको सप्तकोशी नगरपालिका प्रमुख, कञ्चनरुप नगरपालिका प्रमुख , ३ वटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थित रहेको थियो ।
बाढिबाट जोखिममा र प्रभावित भएका स्थानीयहरुलाई सुरक्षित स्थानमा ल्याउने कार्य जारी भइ रहेको छ । जसमा नेपाल प्रहरी , सशस्त्र प्रहरी , सेनाको टोली सक्रिय रुपमा उद्घारमा लागि परेको छन ।
जोखिमा परेका स्थानीयहरुलाई बेलका नगरपालिकामा रहेका बिद्यालयमा राख्ने व्यवस्था मिलाईएको छ । भन्ने खाद्यनको समेत ब्यवस्थापनलाई तिब्रता दिईएको वेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले बताए ।
उदयपुरको बेलका नगरपालिका ८ स्थित डुम्री बोटे लाहुरे खोज भन्ने ठाउबाट सप्तकोसीको पानी बस्ति तिर पसेपछि बराहक्षेत्र नगरपालिका वडा नम्बर ६,९ २१ सय परिवार र बेलका नगरपालिकाको वडा नम्बर १,२,३,८,९ वडाका करिब २० हजार परिवार प्रभावित भएका छन् ।
करिब २ सातादेखि बाढी रोक्न प्रयास गरे पनि बुधबार बिहान ४ बजे सप्तकोसी नदिको पानिले बाध फुटेर बस्तिमा पानी पसेको हो ।
कोशि फुटेर बाढि बस्तिमा पसेपछि उदयपुरको वेलका सहित , चौदण्डिगण्डि नगरपालिका , सप्तरीको सप्तकोसी , कञ्चनरुप र सुनसरीको वराहक्षेत्र नगरपालिको श्रीलंका टप्पुका हजारौ परिबार जोखिममा परेका छन् ।(संगम बिष्ट )