बराहक्षेत्र १०, प्रकाश माध्यमिक बिधालय खेलमैदान आज मंगलबार देखि ५ औ प्रकाशपुर च्यालेन्ज कप सुरु भएको छ ।
मंगलवारको उद्घाटन खेलमा इनरुवा इभेन्ट म्यानेजमेन्ट इनरुवाले राजाबास युवा क्लब राजाबास लाई ४ – १ गोल अन्तरले पराजित गर्दै सेमि फाइनलमा प्रवेश गरेको छ ।
खेल सुरु भएको १२ औ मिनेटमा राजाबास युथ क्लबका टिम क्याप्टेन जर्सी नम्बर ७ का रिकेश राईले पहिलो गोल गरेर आफ्नो समूहलाई अग्रता दिलाएका थिए ।
त्यस्तै खेलको बिसौँ मिनेटमा इनरुवा इभेन्टका जर्सी नम्बर ९ का विश्व श्रेष्ठले प्रहार गरेको बल गोल भएपछि खेल बराबरी भएको थियो ।
खेलको ३० मिनेटमा इनरुवा इभेन्टका जर्सी नम्बर ८ का ओमप्रकाश दनुवारले गोल गर्दै खेललाई अग्रता दिलाएका थिए ।
इनरुवाले दोस्रोहापको २२ औं मिनेटमा इनरुवाकै जर्सी नम्बर ११ का फगुराम चौधरीले अर्काे गोल गर्दै १ का बिरुद्ध ३ गोल गर्दै खेल आफ्नो कब्जा लिएका थिए ।
इनरुवा इभेन्टकै जर्सी नम्बर १० का अनिश श्रेष्ठले दोस्रो हापको २४ मिनेटमा थप १ गोल गर्दै इनरुवा १ का विरुद्ध ४ गोल गर्दै इनरुवा सेमि फाइनलमा प्रवेश गरेको छ ।
आजको खेलमा इनरुवा इभेन्टका जर्सी नम्बर ८ का ओमप्रकाश दनुवार म्यान आफ द म्याच घोषित भए । उनलाई आयोजकले नगद र मेडल प्रदान गरेको थियो ।
भोलीको खेल सालवनी फुटवल क्लब र गोल्डेन स्टार यूथ क्लब दुहवी विच हुने छ ।
प्रकाशपुर च्यालेन्ज कपको उद्घाटन बराहक्षेत्र १० का वडाध्याक्ष तेजबहादुर गुरुङले गरेका थिए । आगामी साउन २४ गतेसम्म चल्ने च्यालेन्ज कपमा जिल्लाबाहिरको पच्चकन्या फुटवल क्लब उदयपुर सहित ८ वटा टीमको सहभागीता रहेको छ ।
इनरुवा इभेन्ट म्यानेजमेन्ट इनरुवा, राजाबास युथ क्लब, राजाबास बराहक्षेत्र ९, सप्तकोशी युवा क्लब देबीघाट, बराहक्षेत्र ७, तालतैलया फुटबल क्लब इटहरी , सालवनी फुटबल क्लब सालवनी,बराहक्षेत्र ८, गोल्डेन स्टार यूथ क्लब दुहबी भलुवा, प्रकाशपुर फुटबल क्लब बराहक्षेत्र १०, प्रकाशपुर, बिच हुने प्रकाशपुर फुटबल क्लबका अध्यक्ष युवराज लिम्बुले बताए ।
प्रथम पुरस्कार ५५ हजार र द्वितीय पुरस्कार ३५ हजार सहित सिल, टफि, मेडल, मेन अफ द म्याच, बेस्ट खेलाडीलाई नगद, ट्रफि मेडल राखिएको आयोजक टीमका सचिव सनम मगरले जानकारी दिए ।
खेलको प्रायोजक बराहक्षेत्र नगर खेलकुद विकास समिति र सह प्रायोजक बराहक्षेत्र वडा नंं.१० कार्यलय रहेको आयोजकले जनाएको छ ।