वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ श्रीलंका टप्पु स्थित गरैयामा रहेको खुल्ला गौ- चरण (सरकारी जमिन) को संरक्षणमा नगरपालिका लागि परेको छ ।
खुल्ला रुपमा रहेको करिव २ सय बिग्घा सरकारी जमिनमा अतिक्रमण हुन थाले पछि जमिन संरक्षणमा नगरपालिका लागि परेको नगर प्रमुख रमेश कार्कीले बताए । जमिनलाई स्थानीय जनता आधारभुत बिद्यालयले प्रयोग र संरक्षण गर्ने गरि सहमति गर्ने जुटेको छ ।
शुक्रवार नगर प्रमुख कार्की , उप- प्रमुख नन्दकुमारी राई , वडा नं ६ का वडाध्यक्ष उद्ववप्रसाद पोख्रेल सहितको टोलीले जमिन निरिक्षण समेत गरेका थिए ।
खुल्ला पटेर घारी सरकारी जमिनलाई केही स्थानीयसंगै उदयपुर , सप्तरी , सिरहा लगाएका मानिस आएर अतिक्रमण गरी भोग चलन गर्ने थाले पछि नगरपालिकाले घेराबेरा गर्ने कार्य थालेको नगर प्रमुख कार्कीले बताए ।
खुल्ला जमिनलाई नगरपालिकाको मातहतमा ल्याएर स्थानीय बिद्यालय , मन्दिर , स्बास्थ्य संस्थाको नाममा संरक्षण गर्ने र नगरपालिकाको आम्दानीको स्रोतको रुपमा बिकाश गराउन नगरपालिकाले योजना रहेको छ ।
पटेर घारीको रुपमा रहेको जमिनमा बिचौलिया हाबि हुन थालेको स्थानीयहरु बताउछन् । स्थानीय जनता माध्यमिक बिद्यालयका व्यवस्थापन समिति अध्यक्ष पवन चन्द्रवशीका अनुसार खुल्ला जमिनमा अतिक्रमण बढे पछि नगरपालिका , वडा कार्यलय र स्थानीयको आम भेलाले करिब २ खुल्ला बिग्घा जमिनलाई बिद्यालयको स्वामित्वमा ल्याउने सहमति भएको छ ।
गरैया टोल क्षेत्रमा रहेको उक्त जमिनमा नगरपालिकाले गौरबको योजना बनाएर स्थानीयलाई रोजगारी र लगानीको क्षेत्रको रुपमा बिकास गर्ने नगरपालिकाले योजना लिएको नगर प्रमुख कार्कीले बताए ।
भुमाफिया र बिचौलीयाको आँखाको तारो बनेको जमिनलाई स्थानीयको माग र आवश्यक्ता अनुशार जमिनको संरक्षण सुरु गरिएको बडा अध्यक्ष उद्बव प्रसाद पोख्रेलले बताए ।