सुनसरीको रामधुनी नगरपालिका-६ सुवानाका १६ बर्षीय बालकलाई छुरा प्रहार गरी हत्या भएको छ।
हत्या गरेको आरोपमा स्थानीय १७ बर्षीय एक बालकलाई प्रहरीले पक्राउ गरेको छ ।
आज मंगलबार बिहान सवा ७ बजेको समयमा घरैमा सुतिरहेका चन्द्र सदाको १६ बर्षीय छोरा बिबेक सदालाई १७ बर्षीय बालकले सुतिरहेकै स्थानमा गई पेटमा छुरा प्रहार गरी घाईते बनाएका थिए ।
घाइते भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली खटि गई घाईतेलाई उपचारको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको थियोे ।
घाइतेको उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संग्लग्न रहेका बालकलाई घटनामा प्रयोग भएको छुरा सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।