बराहक्षेत्र नगरपालिका वडा नम्बर १ रहेको बाघ खोला पटनाली खोला र नया पुलको बत्तिको नगर प्रमुख रमेश कार्कीले अवलोकन गरेका छन ।
पुर्ब – पश्चिक राजमार्गको बिकल्पमा काठमाडौ जोड्ने , पुर्बी पहाडि जिल्लाहरु सहज रुपमा आवतजाबत गर्नसंगै तस्बिर खिच्न र टिकटक बनाउनकोलागी समेत सप्तकोसी नदिमा रहेको कोशि पुल ( नया पुल ) रोजाईको स्थल बनिरहेको छ ।
सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ र उयदपुरको वेलका नगरपालिका वडा ८ मा रहेको कोशि पुलमा घुम्न , रमाइलो गर्न आउने आन्तरिक पर्यटनहरुको बाक्लै भिडभाड हुने गर्दछ । कोशि नदिमाथि रहेको सुन्दर पुलमा तस्बिर खिच्न र टिकटक बनाउन मानिसहरु लालहित नै हुने गरेका छन् ।
प्राकृतिक रुपमा सौन्दर्य दृष्यसंगै कोशि पुलको कलात्मकताले आन्तरिक पर्यटकलाई आक्रषित गरिरहेको छ । कोशिमा पुल निर्माण भएसंगै वराहक्षेत्र वडा नं १ तिर पर्ने चतराघाट र वेलका बडा नं ८ तिर पर्ने कोढुमा होटल व्यवसायहरु बाक्लै रुपमा खोलिएका छन् । पर्यटनहरुको आगमन पनि उल्लेखनीय रुपमा हुने गरेको छ । दैनिक रुपमा हजारौं पर्यटकहरु उक्त कोशी पुलमा आएर तस्बिर खिचेर , टिकटक बनाएर रमाइलो गर्छन् । त्यस्तै उतिकै मानिसहरु पुलको माध्यमबाट आफ्नो यात्रा पूरा गर्ने गर्दछन् ।
तर पछिल्लो समय पुलमा गरिएको रङ्ग रोगन खुईलीको र पुलमा जोडिएको बत्ति नबेका कारण पुलको सौन्दर्यता र सुरक्षा जोखिम थपिएको भन्ने गुनासो सुनिन थालेको छ । स्थानीय होटल व्यवसायीहरु पुलको रङ्ग रोगन र बत्तिको बिषयमा सरोकारवाला पक्षहरु जिम्मेवारी हुनु पर्ने बताउछन् ।पुलमा बत्ति नहुदा रातिको समयमा डियुटि बस्ननै समस्या हुने गरेको प्रहरीहरुको भनाई छ ।
पुलको सौन्दर्यता र बत्तिको बिषयमा गुनासो सुनिन थालिए पछि वराहक्षेत्र नगरपालिका नगर प्रमुख रमेश कार्कीले स्थलगत अबलोकन गरेका छन् । सोमवार पुल पुगेका नगर प्रमुख कार्कीले पुलको रङ्ग रोगन र बत्तिको बिषयमा सडक बिभागलाई पत्रचार गरेर ध्यनआक्रषण गराउने बताए । पर्यटन र सुरक्षासंग पनि कोसि पुल जोडिएकाले यस बिषयम गम्भीरता पुर्वक लागि पर्ने नगर प्रमख कार्कीको भनाई छ । निरिक्षणमा वडा नं १ का अध्यक्ष किसान मगर , प्राबिधिक शाखाका प्रमुख इन्जिनियर राजु भट्टराई सहभागी भएका थिए । टोलीले पुलमा राखेको सिसि क्यामराको समेत अबलोकन गरेका थिए ।
पकली – भिमान तथा पकली – रुपनगर सडक खण्ड अन्तर्गत बैकल्पिक राजमार्गको रुपमा सडक निर्माण हुदा नेपाल सरकारले कालिका कन्डक्सन मार्फत उक्त पुल निर्माण गरेको थियो । पुलको उद्घाटन तत्कालीन प्रधानमन्त्री स्वर्गीय शुशिल कोइरालाले २०७२ सालमा गरेका थिए । पुल निर्माण भए पछि निर्माण कम्पनीले उक्त पुल सडक बिभागलाई हस्तान्तरण गरेको थियो ।
वराहक्षेत्रमा बाघ खोला बस्ति तिर , मेयर कार्की प्राबिधिक सहित निरक्षणमा
वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित बाघ खोला र पटनालि खोलाले कटान गर्न थाले पछि बगुवा गाऊ जोखिममा परेको छ ।
खोला नियन्त्रणकालागि लगाएको जाली , च्यानलहरु जिर्ण भएर खोलाले कटान गरे पछि खोलाले बस्ति तिरको जमिन कटान गर्न थालेको स्थानीयहरुको भनाई छ । बाघ खोलाले कटान गर्न थालेपछि बगुवा गाऊ असुरक्षित बनेको छ । त्यस्तै पटनाली खोलाले कटान गर्न थाले पछि धरान जोड्ने पुल समेत जोखिम हुन थालेको छ ।
बाघ र पटनाली खोला कटानबाट असुरक्षित बनेका स्थानीयको समस्यालाई सम्बोधन गर्ने नगर प्रमुख रमेश कार्की प्राबिधिक लिएर स्थलगत निरिक्षणमा पुगेका छन् । सोमवार नगर प्रमुख कार्की प्राबिधिक शाखाका प्रमख इन्जिनियर राजु भट्टराई सहित कटान गरेको स्थानमा पुगेका थिए । निरक्षणमा वडा नं १ का वडाध्यक्ष किसान मगर , नेपाली कांग्रेस नगर समितिका कार्यवाहक सभापति युवराज श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
खोलालाई नियन्त्रण गर्न कटान गएको र कटानको जोखिममा रहेको स्थानमा जालि लगाउने प्राबिधिक शाखाका प्रमुख इन्जिनियर भट्टराईले बताए । स्थानीय स्रोतको प्रयोग गरेर नियन्त्रणको कार्यलाई चाडो सुरु गर्ने नगर प्रमुख कार्कीले प्रतिबद्धता व्यक्त गरेका छन् ।