वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले पालिका भित्र रहेका धार्मिक एब पर्यकीय स्थल जोडेर धार्मिक सर्किट बनाउने योजना अगाडि बढेको बताएका छन् ।
शनिवार वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित अौलिया बाबा मठ तथा छिन्नामस्त संरक्षण मञ्चले आयोजना गरेको अग्रज सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख कार्कीले वराहक्षेत्र नगरपालिकाका धार्मिक स्थलसंग छिमेकी पालिकामा रहेका धार्मिक स्थललाई जोडेर धार्मिक सर्किट निर्माणको योजना अगाडि बढाईएको बताएका हुन् ।
नगर प्रमुख कार्कीले सर्किटले रामधुनी , वराहक्षेत्र र धरानमा रहेका धार्मिक क्षेत्रलाई यातायातले जोड्ने छ ।
उक्त सर्किटबारे रामधुनी नगरपालिका , वराहक्षेत्र नगरपालिका र धरान उपमहानगरपालिका प्रमुखहरु बिच शुक्रबार संयुक्त रुपमा बैठक बसेर संघिय सरकारलाई योजना समेत पेश गर्न निर्णय समेत भएको बताएका छन् ।
रामधुनीको रामधुनी मन्दिरबाट वराहक्षेत्रको चक्रघट्टिहुदै चतराधाम , वराहक्षेत्र मन्दिरबाट सुर्यकुण्डहुँदै धरानको बिष्णुपादुका , बिजयपुर , बुढासुब्बा , दन्तकाली , पिढेश्वरहुँदै वराहक्षेत्रको अमाहहुदै रामधुनीको शकरवेलीबाट पुर्न रामधुनीको रामधुनी मन्दिर जोड्ने धार्मिक एव पर्यकीय सर्किटले जोड्ने नगर प्रमुख कार्कीले बताए ।
बराहक्षेत्रको बिकास र समृद्धिको आधार धार्मिक पर्यटन भएकाले यसको बिकासमा लागि पर्ने कार्कीले बताए । नगरपालिकाले आर्थिक २०७९/०८० को नीति तथा कार्यक्रममा समावेश गरे अनुसार धार्मिक सर्किटको योजना बढेको बताउदै नगर भित्रका धार्मिक एव पर्यटकीय क्षेत्रक प्रवद्बन, संरक्षण र पुर्वआधार बिकासमा नगरपालिका लागि पर्ने बताए ।
वराहक्षेत्र धार्मिक पर्यकिय क्षेत्रको रुपमा बिकास गर्ने संसारको चार धाम मध्यको एक धाम वराहक्षेत्र , कुम्भ क्षेत्र , अौलिया मठ लगाएत सम्पूर्ण पौराणिक एव एैतियासिक क्षेत्रको बिकासमा नगरपालिका योजना बनाएर अगाडि बढ्ने बताए ।
कार्यक्रममा वृहतर वराहक्षेत्र बिकास समितिका अध्यक्ष भेषराज घिमिरे , आदर्श माबिका पुर्व प्रध्यनाध्यापक प्रल्लाद भट्टराई , अौलिया माबिका पुर्व प्रध्यानाध्यापक कृष्णप्रसाद कट्टेल , तोरीबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष डम्बरप्रसाद सिग्देल , नेपाली कांग्रेसका पुर्व नगर सभापति नारायण नेपाल , महन्त मुकुन्द भारती , समाजसेवि सुबास गौतम लगाएले वराहक्षेत्रको बिकास , सम्भवना र महिमाको चर्चा गरेका थिए ।
कार्यक्रममा संरक्षण ,मञ्चले समाजका अगुवाहरु गंगाबहादुर थापामगर, रतनप्रसाद राई, कृष्णप्रसाद कट्टेल ,दशरथप्रसाद साह, मागिलाला अग्रहाल ,केदारनाथ श्रेष्ठ सुरेस श्रेष्ठ र कृष्णप्रसाद दाहाललाई दोसल्ला अोडाएर सम्मान पत्रले सम्मानित गरिएको थियो ।
समाजमा पुराएको योग्दामका आदारमा ८ जना अग्रज व्यक्तित्बलाई सम्मान गरिएको संरक्षण मञ्चका अध्यक्ष उदय ठटालले बताए । अध्यक्ष ठटालका अनुसार मञ्चले सम्मान गर्ने सस्कारको थालिन गरेको बताए । संरक्षण मञ्चका अध्यक्ष ठटालको अध्यक्षतामा आयोजना भएको कार्यक्रमको सञ्चालन स्थानिय आइरिस वराह एकेडेमीका पिन्सिपल वालकृष्ण राईले गरेका थिए।