संगम बिष्ट / चतरा, सुगम जिल्लाको दुर्गम गाँउको रुपमा रहेको श्रीलंका टपुमा वर्तमान सरकारका सञ्चार तथा सुचना प्रबिधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पहलमा बिजुली बत्ति आयो । २०७४ सालको संघिय निर्वाचनको चुनाबि अभियानमा बत्ति बाल्ने कबुल गरेका मन्त्री कार्कीले २ बर्ष पछि टपुमा बत्ति बालेर स्थानीयको मुहारमा खुशि ल्याईदिए । बिजुली आए पछि स्थानीयहरुको मख छन् । वराहक्षेत्र नगरपालिकाको वडा नं ६ र ९ मा पर्ने टपुमा करिव ५ सय परिवार बसोबास गर्ने गर्दछन् । बिजुली बत्ति नहुदा स्थानीयहरु टुकि तथा सौलर उर्जाको प्रयोग गर्ने गर्दथे । त्यस्तै वराहक्षेत्र नगरपालिका वडा नं २ मा रहेको आदर्श खानेपानीमा पनि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की अर्थ मन्त्री हुदा नै सोलर जडान भएको थियो । मन्त्री कार्कीको पहलमा जडान भएको सोलरका कारण आदर्श खानेपानी उपभोक्ता समुहका उपभोक्ताले २४ सै घण्टा सफा पिउने पानी उपयोग गरिरहेको समितिका अध्यक्ष हरिकृष्ण भट्टराईले बताउछन् । मन्त्री कार्कीले खानेपानीको टंकि बनाउन र सर्व गर्न सहयोग गरेका थिए । मन्त्रि कार्कीबाटै वराहक्षेत्र – २ मा रहेको चतरा अस्पताललाई स्वास्थ्य उपकरण प्राप्त भएको थियो । अर्थ मन्त्री हुदा कार्कीले अस्पताललाई २० लाख वरावरको भिडियो एक्से मिसिन उपलब्ध गराएका थिए । मन्त्रि कार्कीबाट वडा नं १ चतरा धाममा रहेको शान्तिकुञ्ज भित्र मन्दिरकालागि रकम उपलब्ध भएको थियो । वराहक्षेत्रलाई धार्मिक रुपमा बिकास गर्न हाल निर्माण भएको सिस महलमा पनि मन्त्री कार्कीको सक्रियता रहेको छ । वराहक्षेत्र नगरपालिका वडा नं ६ मा रहेको महेन्द्र माध्यमिक बिद्यालयको प्राङ्गणमा सोलर जडान र इन्भटर पनि मन्त्री कार्कीबाटै उपलब्ध भएको थियो । चक्रघट्टि जेसिजबाट सञ्चालन हुने गरि एम्बुलेन्स पनि कार्कीबाट प्राप्त भएको थयो। त्यस्तै चक्रघट्टिमा निर्माण भएको दुर्गाकालि मन्दिर , वराहक्षेत्र मन्दिरको बिकासमा पनि मन्त्री कार्कीले प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गरेका छन् । २०७४ सालमा भएको संघिय निर्वाचनमा सुनसरी जिल्ला क्षेत्र नं ४ बाट निर्वाचित भएका मन्त्री कार्कीले सुगम जिल्ला सुनसरीको दुर्गम पालिका वराहक्षेत्रको बिकास तर्फको यात्रामा महत्त्वपुर्ण योग्दान रहेका छन। वराहक्षेत्रमा रहेको एक मात्र बहुमुखी क्याम्पसलाई स्थायित्व दिन मन्त्री कार्कीले महत्त्वपूर्ण योग्दान छ । सप्तकोसी बहुमुखी क्याम्पसको नया भवन निर्माण गर्न नीति गत बिषयमा र आर्थिक बिषयमा मन्त्री कार्कीको भुमिका महत्त्वपुर्ण रहेको क्याम्पस प्रमुख खगेन्द्रबहादुर निरौला बताउछन् । निरौलाका अनुशार क्याम्पस भवन निर्माण गर्न मन्त्री कार्कीले निर्वाचन पुर्वआधार बिकासबाट १ करोड ५० लाख रकम उपलब्ध गराएका छन् । क्याम्पसमा अध्ययन गर्ने बिद्यार्थीकालागि छात्रवृत्ति तथा प्रशाशनिक कार्यमा पनि मन्त्री कार्कीको सहयोग छ । २०७४ साल पछि मन्त्री कार्कीकै पहलमा टप्पुमा बिजुली बत्ति आएको वडा नं ६ का वडाध्यक्ष उद्बव पोखरेलले बताए ।मन्त्री कार्कीको पहलमा बिजुली आए पछि टपुमा अन्य बिकासका योजना पनि आउन थालेका छन् । संघिय ईकाई कार्य आयोजना मोरङ्गका सिनियर डिभिजन इन्जिनियर प्रतिप सिहका अनुसार रामधुनि नगरपालिकाको वडा नं ४ बैठारबाट वराहक्षेत्र नगरपालिका वडा नं ६ चक्रघट्टिसम्मको सडक कालोपत्रे सडक निर्मांण भइरहेको छ । बैठारबाट चक्रघट्टि बस पार्क हुँदै रागा चोक , बुधबारे चौक , ढाकुबारी र काली मन्दिर हुँदै खानेपानीबाट आइतवारेबाट बुधबारे चोक सम्मको निर्माणाधीन करिब १८ किलो मिटर सडक कालोपत्रे योजना पनि मन्त्री कार्कीको पहमा बजेट बिनियोजन भएको हो । कोशि गाउपालिकाको लोकही बजारमा कार्कीकै पहलमा टाउन हल निर्माण भईरहेको छ । मन्त्री कार्कीको पहलमा बाङ्गेदेखि नडाहा हुँदै धरानसम्मको कच्चि सडक कालोपत्रे हुने भएको छ । सडकको डिभिजन कार्यलय बिराटनगर मार्फत पिआर इन्फाएटचर काठमाडौले निर्माणको जिम्मेवारी पाएको छ । सडकको लागि २० करोड ७० लाख ६८ हजार सडक डिभिजनका कार्यलयले बिनियोजन गरेको थियो । सडकको ६ किलोमिटर लम्बाई र ७ मिटर चौडाई रहने छ । उक्त योजनामा ४ वटा कल्भट, ३ वटा स्लाप कल्भट समेत निर्माण हुनेछ । ८०० मिटर नालि रजाली ६७५ धन मिटर निर्माण हुनेछ । मन्त्री कार्कीको पहलमा कोसि गाउँपालिका -२ देखि वडा नम्वर -३ सम्मको ग्रामीण सडक कालोपत्रे हुने भएको छ । मन्त्री कार्कीको पहलमा सडक बिभागको योजनामा उक्त सडक कालोपत्रे हुने भएको हो । कोसि गाउँपालिकाको फुल चौक नजिकै सदान्न मण्डलको घर अगाडिबाट निर्माण हुन्ने सडक बाबुजी साहाको घर हुँदै कोसि टप्पु, गल्फरीया , शिब चौक, कटान सडकसम्म करिब १३ किलोमिटर सडक कालोपत्रे हुनेछ । यसकालागि २५ करोड बजेज सडक सडक बिभाग मार्फत केन्द्रीय योजनामा परेको छ । मन्त्री कार्कीकै पहलमा वराहक्षेत्रमा ५५ सैयाको ट्रमा सेन्टर समेत निर्माण हुने प्रकृयामा रहेको वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेस कार्कीले बताए । ट्रमा सेन्टर निर्माणको चाडै मन्त्री कार्कीले शिल्यनास गर्नेछन् ।मन्त्री कार्कीकै पहलमा कोशि टपु आरक्षणमा बिधुतिय धार जडानसंगै जंगली जनवारलाई नियन्त्रण गर्ने योजनाहरु सञ्चालन भएका छन् ।मन्त्री कार्कीकै पहमा वराहक्षेत्र – ७ मा रहेको बसन्तऋतृ माबिमा , वराहक्षेत्र – ८ कोशि माबिमा , वराहक्षेत्र – १० प्रकाश माबिमा , वराहक्षेेत्र – ११ जनता माबि लगाएमा भौतिक संरचना निर्माण भएका छन् । आर्थिक वर्ष २०८९/०८० मा संघिय सरकारबाट पनि दर्जनौ योजना सुनसरीमा परेका छन् । सुनसरी क्षेत्र नं ४ प्रदेश सभा १ सभापति उपेन्द्रबहादुर कटुवालका अनुसार आर्थिक वर्ष २०८९/०८० मा सुनसरीमा दुई दर्जन भन्दा बढि बिकासका योजना स्वीकृत भएका छन् । योजना स्वीकृत गर्न मन्त्री कार्कीको पहल रहेको छ ।