वराहक्षेत्र नगरपालिका चक्रघट्टिमा ७ दिने आधारभुत पत्रकारीता तालिम सुरु भएको छ ।
वराहक्षेत्र नगरपालिकाको आर्थिक सहयोगमा वराहक्षेत्र मिडिया प्रालीको आयोजनामा तालिम सुरु भएको हो ।
तालिम ७ गते मंगलबार सम्म सञ्चालन हुने तालिममा ५२ जना प्रशिक्षार्थीको सहभागीता रहेका छन ।
बुधबार उद्घटान भएको तालिममा प्रमुख अतिथि नन्दकुमारी राई रहेका थिए भने बराहक्षेत्र मिडिया प्रालिका सञ्चालक दिपक पुरीको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का , वराहक्षेत्र नगरपालिकाका लेखा अधिकृत बिरेन्द्र यादव , सामाजिक बिकास शाखा अधिकृत अरुण मेहता बिशेश अतिथि रहेको थियो ।
हरुलाई ग्रामीण पत्रकार समुहको समन्वयमा सञ्चालन हुनेछ ।
चक्रघट्टिमा रहेको नेपाल रेडक्रस सोसाइटी महेन्द्रनगरको भवनमा सञ्चालन हुने तालिमको मुख्य प्रशिक्षण पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का र नवराज बिष्ट , बाबुराम कार्की , कृष्ण भट्टराई र अनलाइन पत्रकारिता तालीम आरबी कटुवाल l लगायत दिनेछन् ।