बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ मा रहेको देबिथान मन्दिरको संरक्षण समितिको अध्यक्षमा अमृत खड्का चयन भएका छन ।
पुर्ब संरक्षण समितिका अध्यक्ष पुस्प बस्नेतले केहि दिन अगाडि पद बाट राजीनामा दिए पछि समिति विघटन भएको थियो ।
विघटन भए पछि आज मंगलबार बसेको आम भेलाले नयाँ संरक्षण समिति चयन गरेको पुर्ब सचीव बिदुर भट्टराईले बताए । जसमा उपाध्यक्षमा अशिलाल धामी , कमला थापा, उतम कुमार राई सचिबमा नवीन निरौला , सह सचीवमा लालबहादुर गिरि सत्यनारायण धामी ,कोषाध्यक्षमा मिना खड्का गरि १५ जनाको समिति चयन गरेका हुन।
जसमा सल्लाहकार समिति संयोजक तेजबहादुर (सन्तोष )पुरीको नेतृत्वमा समिति गठन भएको छ।
निर्वाचित समितिका अध्यक्ष खड्काले जलकुमारी देबिथानको मन्दिरको संरक्षण गरि आगामी दिनमा समितिले बिकासमा परिवर्तन गर्दै केही काम गरेर देखाउने प्रतिबद्धता व्यक्त समेत गरे।