वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की स्थानीयको समस्या सुन्न श्रीलंका टप्पु पुगेका छन् ।
वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ भित्र पर्ने टप्पुवासीको समस्या सुनेर हल गर्ने उदेश्यले नगर प्रमुख कार्की टप्पु पुगेका हुन् ।
शनिवार टप्पु पुगेका नगर प्रमुख कार्कीले स्थानीयवासिको समस्या , बिकास , नया योजना र निर्माणाधीन भौतिक संरचनाको निरक्षण गरेका थिए ।
स्थानीयले नगर प्रमुख कार्कीलाइ कोशि कटानलाई धिर्घकालिन रुपमा नियन्त्रण गरि दिन माग गरेका थिए । नेपालको मरुभुमिको रुममा चित्रण गर्ने गरिएको श्रीलंका टप्पुवासीहरु देशमा नै सरनार्थी जीवन बिताउन वाध्य रहेको उनिहरुको गुनासो छ । राज्यले नहेरेको उनिहरुको गुनासो गर्छन् ।
टप्पुवासीले जंगली जनावारको त्रास भोग्नु परेको गुनासो गरे । उनिहरुको बिद्यालय , स्वास्थ्य संस्थाको स्तरउन्तिको माग छ । टप्पुमा प्रहरी चौकि , एम्बुलेन्स युबाहरुले खेलमैदान र स्तरिय सडकको माग नगर प्रमुख कार्कीसंग राखेका थिए । उदयपुरको र सुनसरीको सिमा बिवाद पनि मिलाउनु पर्ने उनिहरुको माग छ ।
टप्पुमा २ वटा कक्षा ५ सम्म अध्ययन हुने र एउटा कक्षा १० सम्म अध्ययन हुने बिद्यालय रहेको छ । कम्तिमा टप्पुमा १० कक्षा सम्म अध्ययन हुने बिद्यालय हुनु पर्ने स्थानीयले माग गरे ।
त्यस्तै सामुदायिक स्वास्थ्य ईकाइमा जनशक्ति बढाउनु पर्ने स्थानीयको माग छ । हाल ईकाईमा एच. ए . सहित दुई जना स्वास्थ्यकर्मी कार्यरत छन् । एउटा एम्बुलेन्स , प्रहरी चौकी पनि अती आवश्यक रहेकाले व्यवस्थापन गरि दिन नगर प्रमुख कार्कीलाई स्थानीयहरुको माग छ ।
बाटो ग्राबेल र मन्दिर निर्माण पनि आबश्य रहेको स्थानीय बताउछन् । रामपुर जोड्ने पुरानो भाटे पुल नजिक रहेको भङगालोमा लगाएको स्लयाप जिर्ण भएकाले पुर्न निर्माण आवश्यक रहेको स्थानीयले सुनाए ।स्थानीय युबाहरुले खेलकुदकालागि खेलमैदान र खेल साम्रागी उपलब्ध गराई दिन आग्रह गरे ।
चारैतिर कोशी नदि र विचमा ठूलो क्षेत्रफलमा फैलिएको टाप्पुमा बसेका स्थानीयहरुको दैनिक कष्टकर रुपमा रहेको नगर प्रमुख रमेश कार्कीले बताए । टप्पुमा बिधुत आएर स्थानीयले राहात महशुष गरेको भन्दै बिधुतले अन्य बिकासको योजनाको समेत बाटो खोलिदिएको बताए । स्थानीयहरुको आधारभुत आवश्यकता शिक्षा, स्वास्थ्य , यातायात जस्ता कुरालाई मध्यनजर गरेर बिकासका योजना ल्याउने बताए । कोशि कटान नियन्त्रणको लागि तत्काल पहल र योजना बनाउने नगर प्रमुख कार्कीले प्रतिबद्धता व्यक्त समेत गरेका छन् ।
टप्पुमा नगर प्रमुख कार्की , प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरि सहित वडा नं ६ का वडाध्यक्ष उद्बवप्रसाद पोखरेल , इलाका प्रहरी कार्यलय महेन्द्रनगरका इन्चार्ज टिकाबहादुर कार्की लगाए पुगेका थिए।