वराहक्षेत्र नगरपालिकाको तेस्रो कार्यपालिकाको बैठक शुक्रवार सम्पन्न भएको छ ।
वैठकले विभिन्न बिषयगत समिति गठन , नगरमा रहेको जेसीबि र ट्याक्टरलाई परिचानल , निर्माणाधिन योजना लगाएको बिषयमा निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खगेन्द्र गिरिले बताए ।
बैठकले १३ वटा बिषयगत समिति र ३ वटा उप -समिति गठन गरेको छ ।
प्रमुख प्रशाशकीय अधिकृत गिरिका अनुसार नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा बजेट सिमा निर्धारण तथा स्रोत अनुमान समिति , उप-प्रमुख नन्दकुमारी राईको संयोजकत्वमा राजेश्व परामर्श समिति , अनुगमन समिति र बजेट तथा नीति कार्यक्रम तर्जुमा समिति गठन भएको छ ।
त्यस्तै वराहक्षेत्र वडा नं ११ का वडाध्यक्ष कृष्णकुमार महत्तोको संयोजकत्वमा बिधान समिति , वडा नं १० का वडाध्यक्ष तेजबहादुर गुरुङ्गको संयोजकत्वमा आर्थिक बिकास समिति , वडा नं ३ का वडाध्यक्ष राजदिप लामाको संयोजकत्वमा पुर्वआधार बिकास समिति , वडा नं ८ का वडाध्यक्ष रोशन खड्काको संयोजकत्वमा सामाजिक बिकास समिति , कार्यपालिका सदस्य रत्नबहादुर रम्तेलको संयोजकत्वमा सुशासन तथा संस्थागत बिकास समिति , वडा नं ४ वडाध्यक्ष आशाराम चौधरीको संयोजकत्वमा वन तथा वारावरण , बिपत व्यवस्थापन समिति , वडा नं २ का वडाध्यक्ष होमप्रसाद गौतमको संयोजकत्वमा सार्वजनिक लेखा समिति , वडा नं ५ का वडाध्यक्ष रोहित काफ्लेको संयोजकत्वमा शिक्षा समिति , वडा नं ७ का वडाध्यक्ष कपिल आचार्यको संयोजकत्वमा नगर खेलकुद बिकास समिति गठन भएको छ ।
त्यस्तै उप- प्रमुख नन्दकुमारी राईको संयोजकत्वमा अपाङ्ग रोकथाम तथा पुनःस्थापना उप- समिति र नगर प्रमुख कार्कीको संयोजकत्वमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता उपसमिति र गरिबी निवारण तथा लघु उद्यम बिकास समिति गठन भएको प्रमुख प्रशाशकीय अधिकृत गिरिले बताए ।
त्यस्तै बैठकले नगरपालिकामा रहेको जेसीबिलाई प्रत्यक वडामा रोटेशन मिलाएर ५ – ५ घण्टा प्रयोग गर्ने निर्णय गरेको छ । विशेषगरि प्रकोप व्यवस्थापनमा जेसीबि प्रयोग हुनेछ ।
वैठकले नगरपालिका रहेको २ वटा ट्याक्टर र वडामा रहेको २ वटा ट्याक्टरलाई ११ वटा वडामा फोहोर व्यवस्थापनमा प्रयोग गर्ने निर्णय गरेको छ । त्यस्तै चालु आर्थिक बर्षमा सञ्चालित निमार्णाधिम योजनाहरु अनुगमन गरि निर्माण कम्पनीलाई गुणस्तरीय र चाडो काम गर्न निर्दशन दिने , नगरमा रहेको जोखिमपूर्ण क्षेत्रको अवलोकन गरि व्यवस्थापनको तयारी गर्ने निर्णय गरिएको छ ।