संघिय सरकारले अन्तर्गत शहरी बिकास मन्त्रालयबाट वराहक्षेत्र नगरपालिका वडा नं २ स्थित सखुबा चौक कदेखि उदय चौकहुँदै गौरी खोला र सुर्य चोक जोड्ने सडक स्तरोन्नतिका लागि १ करोड बजेट बिनियोजन भएको छ ।
उक्त सडकको स्तरोन्नतिकालागि नगर प्रमुख रमेश कार्कीले बजेट माग गरेका थिए। बजेट बिनियोजन भए पछि नगर प्रमुख कार्कीले सञ्चार तथा सुचना प्रबिधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई धन्यबाद दिएका छन् । बजेट बिनियोजन भए पछि स्थानीयहरुको लागि नगर प्रमुख कार्की र मन्त्री ज्ञानेन्द्र बहादुर कार्की धन्यवादको पात्र बनेका हुन ।
उक्त सडकमा नगर प्रमुख कार्कीको पहलमा र सञ्चार तथा सुचना प्रबिधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको सहयोगमा बजेट बिनियोजन भएको मन्त्री कार्कीको पुर्ब स्वकीय सचिव एब नेपाली कांग्रेसकि महा- समिति सदस्य ममता तामाङले बताईन् ।
बजेट बिनियोजन भएको उक्त योजना अब शहरी बिकासले टेन्डर प्रकृया मार्फत काम गर्ने समेत बताईन ।तस्बिर फाइल