वराहक्षेत्र नगरपालिका वडा नं ७ स्थित सप्तकोसी बहुमुखी क्याम्पसलाई प्राबिधिक क्याम्पस बनाउने लक्ष्य रहेको क्याम्पस प्रमुख खगेन्द्र निरौलाले बताएका छन् ।
शुक्रवार क्याम्पसले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई शुभकामना तथा अन्तरक्रिया कार्यक्रमा बोल्दै क्याम्पस प्रमुख निरौलाले क्याम्पसमा कृषि , वालि बिज्ञान जस्ता प्राविधिक बिषयहरु अध्यापन गराउने लक्ष्य रहेका बताएका हुन ।
क्याम्पसले भोग चलन गर्दै आएको सरकारी जमिनलाई क्याम्पसको नाममा ल्याउन सवैले पहल गर्नु पर्ने बताए ।
क्याम्पसकालागि सावारि साधन , गरिव तथा जेहन्दार बिद्यार्थीहरुलाई छात्रवृत्तिको समेत व्यवस्थापन गर्न क्याम्पस प्रमुख निरौलले जनप्रतिनिधिहरुलाई आग्रह गरे । उनले भने पुर्ब प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराई प्रतिष्ठान स्थापना गरेर सरकारले शिक्षा तथा कृषिको क्षेत्रमा काम गर्नु पर्ने बताएका थिए ।
कार्यक्रमको प्रमुख अतिथि रहेका नगर प्रमुख रमेश कार्कीले क्याम्पस भएको जग्गा लाई क्याम्पसको नाममा दर्ता गर्ने माथिल्लो निकायमा पल गर्ने बताए ।
वराहक्षेत्रबाट शिक्षा लिन इटहरी , धरान जाने बाध्यता हटाउन नगरपालिकामा रहेका क्याम्पस लाई थप बिषयहरुको पनि अध्यापन गराउन नगरपालिकाको योजना रहने र सवारी साधन उपलब्ध गराउने नगर प्रमुख कार्कीले प्रतिबद्धता व्यक्त गरेका छन ।
क्याम्पस भित्र रहेको जमिनमा ५५ सैयाको ट्रामा सेन्टर असारको दोस्रो साता शिल्यनास हुने समेत नगर प्रमुख कार्कीले बताए । नेपाल सरकारका सुचना , सञ्चार तथा प्रबिधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको पहलमा क्यानेडा सरकारको ५० करोडको आर्थिक सहयोगमा ट्रमा सेन्टर निर्माण हुने समेत बताए ।
यता आर्थिक अवस्थाका कारण क्याम्पसमा अध्यय गर्न समस्या हुने बिद्यार्थीहरुलाई नगरपालिकाले सहयोग गर्ने बताए । आर्थिक रुपमा कमजोर बिद्यार्थीहरुलाई नगर र वडाहरुबाट छात्रावृतीको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नगर उप-प्रमुख नन्दकुमारी राई,वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम वडा नं ३ का अध्यक्ष राजदिप लामा त्यस्तै वडा नं ५ का अध्यक्ष रोहित काफ्ले , वडा नं ६ का अध्यक्ष उद्बव प्रसार पोखरेल, वडा नं ८ का अध्यक्ष रोसन खड्का , वडा नं ७ का अध्यक्ष कपिल आचार्य वडा नं ९ का अध्यक्ष निरञ्जन चन्द्रवशी वडा नं १० का अध्यक्ष तेजबहादुर गुरुङ , वडा नं ६ का वडा सदस्य भोगेन्द्र डागि , दुर्गा गुरुङ लगाएको उपस्थिति रहेको थियो। क्याम्पस सञ्चालक समितिका अध्यक्ष भुवनाथ दाहालको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रमको सञ्चालक सह-प्रध्यापक राजन इसाराले गरेका थिए ।