बराहक्षेत्र नगरपाकिलाका मेयर रमेश कार्कीले–उपमेयरसहित वडाध्यक्ष सदस्यहरुलाई आज बुधबार मेयर र उप मेयरले पदभार ग्रहण गरि उप मेयर वडा अध्यक्ष सदस्यहरुलाई मेयर कार्कीले सपथ ग्रहण गराएका छन ।
सपथ ग्रहण साथै पदभार गरे पछि मेयर रमेश कार्की, उपमेयर नन्दकुमारी सुनुवार राई सहित वडाध्यक्षको संयुक्त पहिलो बैठकले पाँच बुँदे निर्णय सार्वजनिक गरेका छन् ।
जसमा बराहक्षेत्र नगरपालिकाभित्रका महिलाहरुलाई प्रसुती गराउन नगरपालिकाभन्दा बाहिर अस्पतालमा लान–ल्याउन एम्बुलेन्स खर्च बापत २५ सय दिने निर्णय गरेको छ।
पहिलो बैठकले बराहक्षेत्र नगरपालिकाका विपन्न र अति विपन्न नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुराउन स्वास्थ्य विमा गर्ने उल्लेख गरिएको छ। यस्तै, नगरपालिका भित्रका ७५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई ३-३ महिनामा एकपटक अनिवार्य घरमै गएर स्वास्थ्य चेकजाँच तथा उपचार गरिने भएको छ।
बैठकले नगरपालिकाभित्र महिला शिक्षिका प्रसुती भएमा सरकारी नियम अनुसार ९८ दिन विदा हुनेछ । त्यसरी महिला शिक्षिका विदा बसेको बेला सट्टा शिक्षकको व्यवस्था गरिने भएको छ। नगरपालिकाले पहिलो बैठकबाट गरेका निर्णय कार्यान्वयन गर्न कार्यविधि बनाएर अघि बढ्ने प्रशासन शाखाप्रमुख राजकुमार गौतमले बताए ।