सुनसरीको बराहक्षेत्र न.पा. ४ पिडारी स्थित चतरा झुम्का भित्री सडक खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भने दुर्घटनामा १० जना घाइते भएका छन् ।
चतराबाट झुम्का तर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९५०४ नं.को बस आफै अनियन्त्रित भई चतरा-झुम्का नहरको पिडारी पुलमा ठक्कर खाई दुर्घटना हुँदा गाडी मालिक बराहक्षेत्र नगरपालिका १ चतराका ४० बर्षिय सरोज खड्काको मृत्यु भएको हो । दिउँसो भएको दुर्घटनामा परी बसमा सवार १० जना यात्रु घाइते भएका छन् । घाइते यात्रुको धरान स्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानमा उपचार भैरहेको छ।
प्रहरीले बसका चालक बराहक्षेत्र १ चतराका २५ बर्षिय सनम श्रेष्ठलाई पक्राउ गरेको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका बस मालिक खडकाको उपचारको क्रममा बेलुका ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसमा सवार घाइते हुने अन्य यात्रुहरुमा बराहक्षेत्र ४ बस्ने वर्ष १९ को युवराज खड्का,वर्ष ३० कि पुनम बि.क, वर्ष ४५ कि शान्ता बि.क, बराहक्षेत्र ८ बस्ने वर्ष १५ कि निरुता मल्ल, वर्ष ३५ कि इन्दिरा उराव, वर्ष २४ कि एलिशा उराव त्यस्तै इनरुवा न.पा. ३ बस्ने वर्ष ४२ को महमद मिया, मोरङ विराटनगर ३ बस्ने वर्ष ६१ को नारायण प्रसाद अधिकारी, वर्ष ५२ कि मिना अधिकारी, मोरङ बुढिगंगा बस्ने वर्ष २३ कि हिपगुरु उराव रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीले जानकारी दिएको छ ।