इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले फरार अभियुक्तलाई २२ गते मंगलबार बराहक्षेत्र वडा नम्बर ७ सप्तकोशीको सुसौली घाट नजिकबाट पक्राउ गरीएको छ।
पक्राउ पर्नेमा धनकुटा गाविस छिन्ताङ वडा नं. ७ बस्ने अन्दाजी वर्ष २५ को संदेश, गिरी भन्ने संयोग राई र सोही घटनामा संलग्न बराहक्षेत्र वडा नम्बर ६ बस्ने बर्ष अन्दाजी २३ को निशान अधिकारी प्रहरीले नियन्त्रणमा लिएको हो।
गत बर्ष २०७८ असार २२ गते बिहानको राती अन्दाजी १:३० बजेको समयमा सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ८ शुक्रबारेमा १ सय २५ केजि गाजा मोटरसाइकल र भेन सहित २ जना लाई पक्राउ परेका थिए ।
जसमा बराहक्षेत्र वडा नम्बर ६ बसपार्क बस्ने भुपेन्द्र रायाले चलाएको को २१ प ३५०२ नं. को मोटरसाईकल र रामधुनी नगरपालिका वडा नं. ७ चौसठ्ठी बिग्गा बस्ने वर्ष २६ को अमिर लिम्बु भन्ने प्रेम कुमार माझी सबार रहेको को २ च ११२ मारुती भेन गाडीमा ५ बोरामा लागू औषध गाँजा फेला परेको थियोे ।
उक्त गाँजा खरिद, ओसार पसार र बिक्री बितरण गर्ने मुख्य ब्यक्ति लाई भने पक्राउ गर्न असफल भएको थियो ।
निज सन्देश, गिरी भन्ने संयोग राई र निशान अधिकारीलाई आज बुधबार २३ गते सुनसरी जिल्ला अदालतमा पेश गरीएको समेत बताए ।
निजहरुलाई उक्त मुद्दामा लागू औषध नियन्त्रण ऐन २०३३ को दफा १४ को देहाय (घ) ५ बमोजिम २ देखि १० बर्ष कैद र १५ हजार देखी १ लाख रुपैया सम्म जरीवानाको माग गरेको इलाका प्रमुख पाण्डव राजवंशीले बताए ।
सोही मुद्दामा घटना हुँदाको बखत पक्राउ परेका बराहक्षेत्र वडा नम्बर ६ बसपार्क बस्ने भुपेन्द्र राया र रामधुनी वडा नम्बर ७ चौसठ्ठी बिग्गा बस्ने वर्ष २६ को अमिर लिम्बु भन्ने प्रेम कुमार माझी पुर्पक्षको लागि कारागारमा थुनामा रहेको समेत राजवंशीले बताए । छन ।