बराहक्षेत्र नगरपालिका वडा नम्बर ७ बाङ्गेमा रहेको महेन्द्र माध्यमिक विद्यालय तित्रिगाछी स्कुलको ४९औं वार्षिक उत्सव तथा छात्रवृत्ति तथा पुरस्कर वितरण साथै सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
आज शुक्रबार बिधालयको प्राङ्गणमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बराहक्षेत्र नगरपालिका प्रमुख निलम खनालको प्रमुख आतिथ्य रहेका थिए ।
वि.सं.२०२९ सालमा स्थापना भएको विद्यालयमा हाल १ हजार ३ सय ७ जना विद्यार्थी बाल कक्षा देखि १२ सम्म अध्ययनरत रहेको विद्यालयका प्रद्यानाध्यापक फिरोज घिमिरे बताए ।
घिमिरेले आर्थिक बर्ष २०७७/७८ सालको आम्दानी र खर्च समेत प्रस्तुत गरेका थिए । जसमा आम्दानी तर्फ १ करोडौं ५४ लाख ७८ हजार १ सय ७९ रुपैयाँ रहेकोे छ ।भने खर्च कटाएर बैंक मौज्दात १८ लाख ८५ हजार ४३ रुपैया बचत रहेको घिमिरेले बताए ।
घिमिरेले आगामी प्रस्तावित आम्दानी र खर्च समेत प्रस्तुत गरे जसमा आम्दानी १ करोडौं ७१ लाख ८८ हजार ४१ रुपैया र खर्च कटाएर २५ लाख ५१ हजार ४ सय ३२ हजार बैंक मौज्दात रहने अनुमानित गरेका हुन ।
वार्षिक उत्सव कार्यक्रममा अक्षयकोष मार्फत विभिन्न विद्यार्थीहरुलाई छात्रावृत्ति समेत वितरण गरेका थिए।
कार्यक्रम लाई अझ उत्कृष्ट बनाउन विद्यार्थीहरुले नृत्य तथा गायन समेत प्रस्तुत गरेका थिए भने कार्यक्रममा विभिन्न राजनीति पार्टी प्रतिनिधि पुर्ब प्रद्यानाध्यापक व्यवस्थापन समितिका पुर्ब अध्यक्ष , अभिभावक विद्यार्थी लगायतको बाक्लो उपस्तिथि रहेको थियो ।