बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ बस्ने ३२ बर्षको अजित राजधामी अवैध लागुऔषध ब्राउनसुगार सहित पक्राउ परेका छन।
उनलाई ईलाका प्रहरी कार्यालयले आइतबार करिब ४ बजेको समयमा बराहक्षेत्र वडा नम्बर ६ चक्रघट्टी स्थित बसपार्कमा शंकास्पद अवस्थामा देखेपछि प्रहरीले धामिको शरीरमा खोजतलास गर्ने क्रममा उनले लगाएको पाइन्टको गोजिमा प्लास्टिक भित्र सानो पोको बनाएर लुकाएर बोकेको अवस्था उनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालयका प्रमुख पाण्डव राजवंशीले बताए ।
राजवंशीका अनुसार उनको साथमा भेटिएको पोको खोलेर हेर्दा प्रतिबन्धित लागुऔषध ब्राउनसुगर फेला परेको उक्त ब्राउनसुगर तौल गर्दा ९२० मिलिग्राम लागुऔषध ब्राउनसुगर रहेको प्रहरी बताए ।
उनको साथ बाट २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ । भने धामीलाई लागुऔषध प्रयोग कर्ताको मुद्दा दर्ता गरि जिल्ला अदालत बाट ७ दिनेको म्याद थप गरि घटनाको अनुसन्धान भइ रहेको राजवंशीले बताए ।
चोरीको स्कुटी प्रयोग गर्दा बराहक्षेत्रका राई पक्राउ
बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ चक्रघटिमा बराहक्षेत्र ८ अटल राईले चोरी भएको स्कुटी सहित पक्राउ परेका छन ।
गत आइतबार ४ बजे ईलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरीको टोलि मुनाल चौकमा सवारी चेकजाँच गर्ने क्रममा अन्दाजी २७ बर्सको अटल राईले चलाएको स्कुटी सहित प्रहरीले पक्राउ गरेको छ।
२०७८/८/३ गते रातिको समयमा धरान वडा नम्बर १० बस्ने टिनु बज्राचार्यको को ३९ प २४४ नम्बरको स्कुटी चौरी भएको हुलिया प्रहरी लाई आएको आधारमा प्रहरी बराहक्षेत्रमा चेकजाँच तिब्बत दिएको थियो।
राईले चलाएको स्कुटीको इन्जिन नम्बर JF3E72045805 र चेसिस नम्बर ME4JF39DGM704079 मोडेलको DIO (BSIV) रंग रातो कालो भएको को ३१ प २४४ नम्बरको स्कुटी प्रयोग गरेका राई सहित स्कुटी समेत प्रहरीले नियन्त्रणमा लिएको राजवंशीले बताए ।राई लाई थप कारबाहीको लागि ईलाका प्रहरी कार्यालय धरान पठाएको प्रहरी जनाएको छ।