नगरपालिकाको यस आर्थिक बर्षा २०७८/७९ सालको कुल बजेट १ अर्ब ५ करोडौं ५८ लाख ३२ हजार ५ सय रहेको छ। जसमा नगरले माघ महिना सम्म कुल बजेटको २७.८२ प्रतिशात मात्र खर्च गरेको नगर सभामा सार्बजनिक गरेका हुन।
जसमा नगरपालिकाको आम्दानी क्षेत्र तर्फ, आन्तरिक आय अनुमान २६ करोड ५८ लाख ४९ हजार ५ सय ७० रुपैया , सशर्त अनुदान संघ बाट ३९ करोड ९५ लाख , बिशेश अनुदान २ करोड ४९ लाख ,बित्तीय समानिकरण अनुदान संघ २० करोड १२ लाख बित्तीय समानिकरण प्रदेश १ करोड २० लाख २० हजार ,राजस्व बाडफाट संघ बाट १३ करोड १६ लाख ४ रुपैयाँ , सशर्त अनुदान प्रदेश १५ लाख ८३ हजार समपुरक अनुदान प्रदेश बाट १ करोड र प्रदेश राजस्व बाडफाट बाट ९१ लाख ७५ हजार ९ सय ३० गरि बराहक्षेत्र नगरपालिकाको कुल बजेट १ अर्ब ५ करोडौं ५८ लाख ३२ हजार ५ सय रहेको छ।
२०७८ माघ महिना सम्मको यथार्थ नगरपालिका लाई आम्दानी ३७ करोड ७१ लाख ९३ हजार ६ सय ८६रुपैया गरि ३४.२९ प्रतिशात आम्दानी भएको नवौं नगर सभा मेयर निलम खनालले बताएका हुन ।
नगरपालिकाले आन्तरिक आम्दानी अनुमान गरेपनि माघ महिना सम्म खुद आन्तरिक आम्दानी भने ४ करोड ३६ लाख १४ हजार १सय ५३ रुपैया भएको १६.४१ प्रतिशातमात्र आम्दानी गर्न सफल भएको बताए ।
माघ मसान्तसम्म नगरपालिकाले ५१ करोड ८४ लाख ८३ हजार खर्च गर्ने अनुमान गरेकोमा माघ महिना सम्म २१ करोड २० लाख ६६ हजार ५ सय २२ रुपैया ४०.९० प्रतिशात मात्र खर्च गरेको छ।
यता पुजिगत तर्फ ५३ करोड ७३ लाख ४९ हजार ५ सय खर्च अनुमान गरेपनि नगरले ८ करोड १७ लाख २५ हजार ५सय १८ रुपैयाँ १५.२० प्रतिशात मात्र खर्च गरेको छ। नगरले २०७९ असार मसान्तसम्म खर्च भइ बाकी रहेको मौज्दात रकमलाई गौरवका योजनामा लगानी गर्ने समेत खनालले बताए ।
नगरपालिकाले माघ महिना सम्म खर्च गरेको विवरण समेत प्रस्तुत गरेका थिए ।जसमा आर्थिक बिकास बाट खर्च भएको ७ करोड ८३ लाख २ हजार ९ सय , सामाजिक बिकासबाट १७ करोड १६ लाख ३२ हजार १ सय ४५ रुपैया , पुर्बाधार बिकास ३ करोड २२ लाख ४४ हजार ३ सय ९७ रुपैया , सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र ३३ लाख २ हजार ४सय८४रुपैया र कार्यालय संचालन तथा प्रशासकीय ७ करोड ८७ लाख ८१ हजार १सय३ रुपैया गरि नगरपालिकाले २९ करोड ३७ लाख ९२ हजार ४० रुपैया खर्च गरेको छ । जसमा नगरपालिकाको कुल बजेटको २७.८२ प्रतिशात मात्र नगरपालिका खर्च गरे उल्लेख छ।
बराहक्षेत्र नगरपालिकाको नवौं नगर सभा केहि दिन अगाडि सम्पन्न गरेको थियो ।