बेलका नगरपालिकाले उपभोक्ता समितिहरुले निर्माण सम्पन्न गरेको योजना सम्झौता अनुसार पाउने पैसा नगरपालिकाले वडा कार्यालयमै चेक वितरण गर्न सुरु गरेको छ।
यश आर्थिक बर्ष २०७८/७९ देखि नगरपालिकाले सम्झौता गर्न देखि चेक समेत वडा बाट वितरण गर्ने भनेर केहि महिना अगाडि ९ वटा वडामै गएर नगरपालिका कर्मचारीहरुले नगरको करिब ६० वटा योजना सम्झौता गरेका थिए ।
नगरपालिकाले यस बर्षको पहिलोपटक ५ नम्बर वडा कार्यालयले करिब ८ लाख बराबरको विभिन्न सडक मर्मत गर्न छुटाएको बजेट मर्मत सम्पन्न भएको खबर वडा कार्यालयलाई गरे पछि वडाले योजना प्रमुख चेतनाथ गौतमलाई जानकारी गएपछि गौतमले प्राविधिक सहित चेक लिएर वडामै आएर वडा अध्यक्ष गोबिन्द कुमार खड्कालाई हस्तान्तरण गरे पछि वडा अध्यक्ष खड्काले उपभोक्ता समितिका अध्यक्ष लाई चेक हस्तान्तरण गरेका हुन।
बेलका नगरपालिकाले उपभोक्ता समिती लाई बिकास निर्माणको योजना सम्झौता गर्न देखि चेक लिन समेत नगरपालिका सम्म आउन नपर्ने बाताबरण सिर्जना गरेको सूचना अधिकारी चेतनाथ गौतमले बताए ।
उपभोक्ता समितिले भने अन्य बर्ष योजना सम्झौता गर्न र बैंक खाता खोल देखि काम सम्पन्न गरेपछि पनि भुक्तानी पाउन सास्ती पाएको उपभोक्ताहरुले बताए यश बर्ष नगरपालिकाले धेरै सहजीकरण गर्दै सबै काम वडामै भए पछि दुख नपाएको उपभोक्ता समेतले बताए ।
गौतमका अनुसार मंसिर महिनाको १ गतेदेखि काम सुरु गरे माघ १५ सम्म काम सम्पन्न गर्न र फागुन १५ सम्म सम्पुर्ण योजना अनुगमन गरेर बजेट निकासी गरिसक्ने नगरपालिकाको निर्णय अनुसार हामी लागी परेरको र उपभोक्ताहरुलाई सहजीकरण गरि नगरपालिका मापदण्डअनुसार काम गर्न समेत अग्रह गरे अनुसारनै उक्त उपभोक्ता समितिले गुणस्तरीय काम भएको समेत गौतमले बताए ।