नेपालमा पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर ७ हजार २०९ जनाको आरटी–पीसीआर गर्दा ४७८ जना र ३ हजार ५५२ जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जना गरी आज ५४० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख ३० हजार ४८० जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६०२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७१ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ८ लाख १३ हजार ४४७ जना पुगेको छ । यो कुल संक्रमितको ९७ दशमल ९ प्रतिशत हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३१ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ४९ लाख १ हजार ७४२ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ५ हजार ४३१ जना आइसोलेसन र ११३ जना क्वारेन्टिनमा छन् ।