मंसिर २८ गतेदेखि बराहक्षेत्र नगरपालिकाको बिभिन्न वडाहरुमा बाख्रा लाई लाग्ने पिपिआर रोग बिरुद्दको खोप अभियान सन्चालन गरेको छ।
बराहक्षेत्र पशु सेवा शाखाको आर्थिक बर्ष २०७८/७९ को बार्षिक बजेट बाट बराहक्षेत्र नगरपालिकाको विभिन्न वडा गरि २७ हजार ५ सय खोप लगाउन सुरु गरेको पशु सेवा शाखा प्रमुख बिमल अधिकारीले बताए ।
अधिकारीले भने वडा कार्यालयको समन्वय विभिन्न चौक चौकमा खोप लगाउदै गरेको बताए ।
बाख्रा पालक कृषकहरुलाई उक्त खोप अभियानमा सहभागी भइ फाइदा लिन समेत अग्रह गरेका छन् ।