बराहक्षेत्र नगरपालिका वडा नं. ६ गरैया टपु स्थित गरैया कृषि सहकारी संस्थाको प्रांगणमा बराहक्षेत्र नगरपालिका कृषि विकास शाखा र बाली संरक्षण प्रयोगशाला विराटनगर को संयुक्त आयोजनामा बाली साथै माटो परीक्षण गरिएको छ।
पुस २ गते कृषि शाखाको आ.व.२०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली उपचार र माटो परिक्षण शिविर संचालन गरिएको प्राविधिक नीर कुमार राईले बताए ।
शिविरमा एक सय ३ जना कृषकहरुको माटोको नमुना संकलन भएको थियो भने विभिन्न रोग लागेको एक सय भन्दा बाली उपचार शिविरबाट सेवा तथा परामर्श दिएको राईले बताए ।
राईका अनुसार रोग तथा किरा नियान्त्रणका लागि आवश्यक परामर्श सहित नमुना विषादी समेत उपलब्ध गराएको बताए ।