बराहक्षेत्र नगरपालिका ३ नडाहा धरान सडक खण्डमा विना विल विजक सामान सहित दुई वटा गाडी पक्राउ परेको छ।
आज साउन १० गते धरान देखि नडाहा आउदै गरेको को १ क ११७७ र प्रदेश नम्बर १ प ५८९४ नम्बर गाडीमा बिना बिल बिजक खाद्यान्न पेय पदार्थ किराना आइट्म बियर चिसो लगायत सामाग्री बोकेर नडाहा तर्फ आउदै गरेको गाडीलाई सशस्त्र प्रहरी वल नेपाल वेश क्याम चतराबाट खटिएको सशस्त्र प्रहरी निरीक्षव शंकर कोइराला कमाण्डमा खटिएको टोलिले चेकजाँच गर्ने क्रममा उल्लेखित सामानहरुको बिलहरु नभएपछि उक्त गाडी लाई नियन्त्रणमा लिएको कोइरालाले बताए ।
पक्राउ परेको सामान सहित गाडीलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाएको कोइराला बताए ।
केही दिन अघि मात्र १ लाख २० हजार ५ सय मुल्य बराबरको चिनी मल लगायत बिना बिल बिजकको सामान पक्राउ गरि भन्सार कार्यालय बुझाएको कोइरालाले बताए ।
कोइरालाले भने भन्सार छली ल्याइएको व्यापारिक प्रयोजन वा जुनसुकै सामानहरू नियन्त्रणमा लिइ आवश्यक कारवाहीको प्रक्रिया अघि बढाउदै आएको सशस्त्र प्रहरी बल चतराका प्रमुख शंकर कोइरालाले बताए ।