किरात राई यायोख्या प्रार्भिक कमिटि (साविक वराहक्षेत्र गाबिस) हाल वराहक्षेत्र नगरपालिका वडा नं १ र २ को अध्यक्षमा लालकुमार राई निर्वाचित भएका छन् । आइतवार सम्पन्न किराया प्ररार्भिक कमिटि साविक वराहक्षेत्रको अध्यक्षमा लालकुमार राई बिजयी
किरात राई यायोख्या प्रार्भिक कमिटि (साविक वराहक्षेत्र गाबिस) हाल वराहक्षेत्र नगरपालिका वडा नं १ र २ को अध्यक्षमा लालकुमार राई निर्वाचित भएका छन् ।
आइतबार वराहक्षेत्र – १ स्थित साकेला पार्कमा सम्पन्न अधिवेशनको बन्द सत्रमा अध्यक्ष सहित उपध्यक्ष र सह- सचिवमा दुई- दुई जनाले आकक्षा देखाए पछि निर्बाचन भएको थियो । २ सय २३ जना मतदाता भए पनि १ सय ५४ जनाले मात्र निर्वाचनमा भाग लिएका थिए ।
उपध्यक्षमा भन्ने सौकुमार राई र सह- सचिवमा सर्वधन राई निर्वाचित भएका छन् । उपध्यक्ष सौकुमारले प्रत्यासी हिमाल राईलाई र सह- सचिवमा सर्बधनले मजित राईलाई पराजित गरेका थिए । भन्ने सचिवमा श्रवणकुमार राई सर्वसम्मत निर्वाचित बनेका छन् । प्रत्यासी दिनेश काम्दुङ्ग राईलाई पराजित गर्दै लगातार तेस्रो कार्यकालको लागि लालकुमार निर्बाचित भएका हुन्