सिताराम चन्द्रवंशी ( समीर )
बराहक्षेत्र , प्रकाशपुर /सुनसरीको बराहक्षेत्र नगरपालिका १० प्रकाशपुरमा रहेको रामधुनी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा वित्तीय साक्षरता सम्बन्धि दुई दिने तालिम सम्पन्न गरेको छ।
रामधुनी बचत तथा ऋण सहकारी संस्था लि .का अध्यक्ष गणेश कुमार पौडेलले उद्घाटन गर्नु भएको कार्यक्रममा , बिधालय प्र.अ चुडामणिा खनाल , रामधुनी बचत तथा ऋण सहकारी संस्था लि शिक्षाक उपसमितिका संयोजक चन्द्र प्रसाद सिक्देल , सदस्य सुर्य बहादुर माझी, अर्जुनकुमार थापा लगायतले उक्त तालीम प्रशिक्षकको भुमिका खेलेका थियो ।
उक्त तालीममा बित्तीय साक्षरता सम्बन्धि अन्न सहकारीको बचत तथा बैंकको कारोबार , अर्थिक कारोबार जस्ता अन्य विविध विषय बस्तु समाबेश गरिएको थियो । जस अन्तर्गत बित्तीय साक्षरता , नेतृत्व बिकास र ब्यावसाय पहिचान, ऋण ब्याव्स्थापन र बचत वृद्धि ,सहकारीको चिनारी सिद्धान्त र बैंकसग फरक, बित्तीय लक्ष्य र ऋण कागजात ,भ्याट र ट्याक्स ,सम्पत्ति सुदृढीकरण यहि विसयलाई मुख्य आधार मानेर महत्त्वपूर्ण उद्देश्यले तालिम संचालन गरेको हो ।
विषय बस्तुमा प्रबेश भए संगै , नेपाल राष्ट्र बैंक इजाजत प्राप्त तथा बित्तीय संस्थाहरु , सफा नोट नीति , ग्राहकको पहिचान , बारे ,आम्दानी खर्च बिस्लेशण ,ब्याक्ती गत रकम ब्यवस्थापन , पारिवारिक बजेट,ऋण बारे बृहत जानकारी ,बचत र लगानी, धितोपत्र , कम्पनी सेयर , बित्तीय अनुसाशन , बिप्रेसण , बिमा इत्यादि बिशयबस्तुमा आधारित रहेर तालीम संचालन गरेको भनी आयोजनकले बताए ।
सेयर सदस्यहरु तथा स्थानीय स्तरमा रहेका आम नागरिकहरुमा बित्तीय साक्षरताको ज्ञान प्राप्त , नाफा कमाउने , ब्यापार ब्यावसाय निति , बित्तीय साक्षरता निति ,आर्थिक कारोबार मा अनुसाशन , नैतिकताको र क्षमताको बिकास भइ आर्थिक वृद्धिहुने छ भन्ने उद्देश्यले बित्तीय साक्षरता तालिम संचालन गर्नु अपरिहार्य छ भनी अध्यक्ष गणेश कुमार पौडेलले बताउनु भयो ।
सम्बन्धि सम्पुर्ण बिशयबस्तु समाबेश गरि प्रशिक्षक र सहभागी बिच दोहोरो संवाद गरि बृहत दुईदिने सिकाइ उपलब्धिमुलुक र प्रभाबकारी रहेको भनी सहभागी नवीना खड्काले बताइन ।
रामधुनी बचत तथा ऋण सहकारी संस्था लि.
बिगत लामो समय देखि रक्तदान कार्यक्रम ,अँखा शिविर , स्वास्थ शिविर मृत्यु राहत कोष , घातक रोगमा आर्थिक सहयोग सेयर सदस्यहरुलाई , पल्स तालीम , बित्तीय साक्षरता , ऋण ब्यावस्थापन , लेखापाल र नेतृत्व बिकास तालिम यस्त विभिन्न कार्यहरुमा सरिक रहि औपचारिक तथा अनौपचारिक सामाजिक कार्यमा निरन्तर लागी रहेको अध्यक्ष पौडेलले बताए ।
यस सहकारीले जनसेवा प्रदानमा सक्रिय हुनुको साथै पुस्तकालय ब्यावस्था , अर्थिक कारोबार प्रभावकारि वित्तीय कारोबारमा निरन्तर रहेको र श्रोत साधन र जनशक्ति ब्यावस्थापन गरि सहकारी संस्थाको जिम्मेवारी पालनमा प्रवर्द्धन गर्दै आइरहेका छ। सहकारीले उक्त तालीम दुई समुहमा बिभाजन गरि उक्त तालीम संचालन गरिएको थियो ।
संस्थाको शाखा रामधुनी नगरपालिका ४ लालपुरमा संचालनमा रहेको समेत बताए भने सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।