नयाँ पिढी द्वारा लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धि एक दिने अभिमुखीकरण तालि
बराहक्षेत्र नगरपालिका वडा नं ८ का नयाँ पिढिँले एक दिवसिय
लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धि अभिमुखीकरण तालिम सम्पन गरेको छ ।उक्त कार्यमा वडाका सम्पूर्ण स्वयंसेवी , महिला शिक्षक, बिद्यार्थीहरु, जनप्रतिनिधिहरु लगाएको सहभागी रहेको थियो । शुक्रबार वडा कार्ययालको सभाहलमा आयोजना भएको कार्यक्रममा प्रशिक्षक मेघराज न्यौपानेले सहजिकरण गरेका थिए ।
कार्यक्रममा लैङ्गिक हिंसा भनेको के हो र यसको न्युनिकरणको विषयमा छलफल भएको नया पिढीका अध्यक्ष शिशिर तामाङ्गले बताए ।
वडाका विभिन्न स्थानमा महिला हिंसा रहेको महिला स्वयंसेवीहरुको भनाई रहेको थियो । त्यसैले हाल वडा नं ८ बसोबास गर्ने मानिसहरुमा छोराछोरीको विभेद,स्वास्थ्य ,शिक्षामा ध्यायन नदिने जस्तो थुप्रै समस्या रहेको सहभागिले बताए। त्यसैगरी बिधालयमा पनि छोराछोरी विच विभेद हुने कुरा पनि बताए। उक्त अन्तरकृया कार्यक्रममा जनता आधारभुत बिधलयका ,शिशुज्योति आधारभुत बिधलय,जनक माध्यमिक बिधालयका महिला शिक्षकहरुको उपस्थिति रहेको थियो।उक्त अन्तरकृया कार्यक्रममा उपस्थिति महिला शिक्षकहरुले बिधालयमा पुरुष भन्दा महिला कम अध्यायन गर्न उपस्थित हुने गरेको बताए ।
वडा नं ८ का अध्यक्ष रोशन खड्काले आफ्नो वडाभर रहेका सम्पूर्ण जातजाति,भाषाभाषिक समुदायमा कुनै किसिमको महिला माथि भेदभाव नहुने र बेदभाव गर्ने व्यक्तिलाई कानुनी प्रक्रिया अनुसार कार्वाही गर्ने कुरा समेत बताए। आगमि दिनहरुमा पनि वडामा रहेका महिला सहकर्मी, महिला शिक्षकसंग छलफल गरेर मात्रै काम गर्ने बताए।