वराहक्षेत्र नगरपालिकामा जारी वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तरगत बुधवार भएको पहिलो खेलमा वडा नं ७ बिजयी भएको छ ।
वडा नं ५ लाई शुन्यका बिरुद्ध दुई गोलको अन्तरले पराजित गर्दे वडा नं ७ प्रतियोगितामा नौं अंङ्क जोड्दै अन्तिम चारमा प्रबेश गर्न सफल बनेको छ । वडा नं ५ ले लिग चरणका चार खेलमा एक खेलमा बरावरी , दुई खेलमा बिजयी र एक खेलमा पराजित हुँदै प्रतियोगितामा सात अङंक जोड्दै लिग टुङ्गाएको छ । खेलमा वडा नं ७ का रोजन रोक्का म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।
समूह “ख” बाट वडा नं २ समूह बिजेता बन्दै लिगको सेमिफाइनमा प्रवेश गरेको छ । वडा नं २ ले प्रतियोगितामा चार खेलबाट नौं अङ्क प्राप्त गरेको थियो । गोल संङख्याको आधारमा वडा नं २ समूह बिजेता र वडा नं ७ समूह उप- बिजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
त्यस्तै बुधबार भएको दोस्रो खेलमा वडा नं. ३ बिजयी भएको छ । वडा नं ८ लाई एक गोलका बिरुद्ध तीन गोलको अन्तरले पराजित गर्दै वडा नं ३ ले प्रतियोगितामा तीन अङ्क जोडेको छ । प्रतियोगितामा पाचँ खेल खेलेको वडा नं ३ ले एक खेलमा वरावरी , एक खेलमा पराजित र तीन खेलमा विजयी बनेेर प्रतियोगितामा दश अङ्क पुराएको छ । वडा नं ८ ले पाचँ खेलमा तीन खेलमा पराजित र दुई खेलमा वरावरी खेल्दै लिगमा दुई अंङ्क जोड्दै लिग टुङ्गाएको छ ।
खेलमा वडा नं ३ का मनिस कटुवाल म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।
नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं.७ देबिघाट स्थिति वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा वराहक्षेत्र नगरपालिकामा पहिलो पटक लिग फर्म्याटमा सुरु भएको प्रतियोगितामा बिहिवार पहिलो खेल वडा नं १ र वडा नं ९ तथा दोस्रो खेल वडा नं ४ र वडा नं १० का बिच हुने आयोजकले जनाएको छ ।
(संगम बिष्ट बाट )