वराहक्षेत्रमा नगरपालिका घोषणा भएको दिनको अवशरमा बृहत् सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । शनिबार ११ वटा वडामा नै वृहत् सरसफाइ कार्यक्रम गरिएको हो । वडामा रहेको मुख्य बजार र सार्वजनिक स्थानमा गरिएको सरसफाइ कार्यक्रम स्थानीय राजनीति दलका प्रतिनिधि, प्रहरी , बुद्धिजीवी , बिद्यार्थी, शिक्षक लगाएको सहभागीता रहेको थियो । वडामा गरिएको सरसफाइको आयोजना वडा कार्यलयले गरेको थियो ।
चक्रघट्टि बजार परिसरमा भन्ने नगरपालिकाले सरसफाइ कार्यक्रम आयोजना गरेको थियो । चक्रघट्टि बजार , सार्वजनिक स्थल लगाएका स्थानमा भएको सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, शसस्त्र प्रहरी , सामाजिक संघ/ संस्था, उद्योगी व्यापारी , बुद्धिजीवी , राजनीति दलका प्रतिनिधि स्थानीयहरुको बाक्लो सहभागीता रहेको थियो ।
२०७३ फाल्गुन २७ गते साविका बराहक्षेत्र , भरौल, महेन्द्रनगर, प्रकासपुर र मधुवन गाउँ विकास समिति मिलेर वराहक्षेत्र नगरपालिका स्थापना भएको थियो । नगरपालिका घोषणा भएको अवशरलाई उत्सवको रुपमा लिएर नगरपालिकाले सातौं स्थापना दिवशको रुपमा ३ दिवसिय कार्यक्रम गरेर मनाउने निर्णय गरिएको थियो ।
नगरपालिका घोषणा भएको दिनलाई स्थापना दिबस मानेर उत्सबको रुपमा विभिन्न कार्यक्रम गरिएको नगर प्रमुख रमेश कार्कीले बताए । स्थापना दिबसको अबशरमा नगरपालिका र वडा कार्यालयहरुमा ३ दिन दिप प्रज्लन , शुक्रबार बिद्यार्थीहरु बिच वक्तत्वकला प्रतियोगिता , शनिबार बृहत् सरसफाइ र आइतबार स्वास्थ्य शिवीर र दौड प्रतियोगिता आयोजना हुनेछ।