वराहक्षेत्र नगरपालिकाले विशेष आवश्यकता (अपाङ्गता )भएका मानिसहरुलाई सामाजमा पुनर्स्थापना गर्ने उदेश्यले अपाङ्गता साहयता सामाग्रि बितरण गरेको छ ।
नगरपालिकाको योजना अनुसार अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका मानिसहरुलाई विभिन्न साहयताका सामाग्री हस्तान्तरण गरिएको हो ।
वराहक्षेत्र नगरपालिका सामाजिक विकास शाखाका प्रमुख अरुण मेहताका अनुसार २७ जना शारिरिक अपाङ्गता भएका मानिसहरुलाइ ह्ईल चियर बितरण गरिएको बताए । त्यतै बैशाखी १० थान , वाकर थान , सेतो छडि २ थान , टुवाइलेट चेयर ३ थान , हैयरिङ्ग एड १० थान र वाकिङ्ग स्टिक२७ पनि बाडियो। समेत बितरण गरिएको थियो ।
शाखा प्रमुख मेहताका अनुसार अपाङ्गंता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत समुदायबाट माग भई वडाको सिफारिसको अधारमा अपागंताहरुलाई जिवन यापन गर्न सहज पुग्ने हिसाबले अपाङ्गता सहयाक सामग्री खरिद गरी उपलब्ध गाराएको हो ।
। अपाङ्गता भएका मानिसहरुलाई दैनिकी काम गर्न सहज र पुनर्स्थापनाकालागि सामाग्री बितरण गरिएको सामाजिक विकास साखाका संयोजक रोशन खड्काले बताए । नगरपालिकाले सामाग्रि बितरणसंगै अपाङ्गता भएका मानिसको क्षमता बिकास र आय आर्जनकालागि विभिन्न अन्तर्क्रिया र सीप मुलक तालिमको समेत आयोजना गर्दै आईरहेको छ ।