सुनसरी प्याब्सन जिल्ला कार्यसमितिले ३२औं प्याब्सन दिवस अवसरमा सुनसरीको रामधुनी वडा नम्बर ८ बानडाडामा अवस्थित प्याब्सन वस्तीका वासिन्दालाई न्यानो कपडा साथै वृक्षरोपण गरी प्याब्सन दिवस मनाएको छ ।
निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को ३२ औं वार्षिक उत्सवको उपलक्ष्यमा
प्याब्सन केन्द्रीय कमिटीले असाहयहरुलाई वास स्थानको निम्ति निर्माण गरेको २५ घरमा २४ परिवारले बसोबास गर्दै आइरहेको वस्तीमा सुनसरी प्याब्सनले जेष्ठ नागरिक र बालबालिकाहरुलाई न्यानो कपडा बितरण तथा बृक्षारोपणको कार्यक्रम गरेको प्याब्सन सुनसरीका बरिष्ठ उपाध्यक्ष थानेश्वर ढकालले (नेलसन) बताए ।
वरिष्ठ उपाध्यक्ष ढकालको अनुसार प्याब्सनले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष विभिन्न सामाजिक कार्यहरु गर्दै आएकोमा यस वर्ष प्याब्सन नमुना बस्तिमा रहेका जेष्ठ नागरिक र बालबालिकाहरुलाई ४९थान न्यानो कपडा बितरण तथा नमुना बस्तिमा वृक्षरोपण गरेको बताए ।
कार्यक्रमका संयोजक प्याब्सन सुनसरीका सहसचिव गोपाल निरौलाले यस बस्तिमा रहेका जेष्ठ नागरिक तथा वालवालिकाहरुलाई पुषको जाडोमा न्यानो कपडाको अभावमा दैनिक जीवन यापनमा कठिनाई भइरहेको परिस्थितिमा न्यानो कपडा बितरण गर्ने कार्यक्रम प्याब्सन दिवसको अवसरमा राखिएको बताए।
प्रमुख अतिथि ८ नम्बर वडा अध्यक्ष सुरेन्द्र सिंह खबासले यश वस्तीमा जोडिने बाटोको स्तर उन्नतिको लागि नगर प्रमुख सङ्ग प्रस्ताव राखिसकेको बताए । प्याब्सनले निर्माण गरेको वस्ती र त्यहाँ भएका सबै कुरा स्थानीय वासिन्दाकै भएकोले त्यसलाई संरक्षण गर्ने काम पनि स्थानीय वासिन्दाकै रहेको कुरा उनलेे बताए ।
प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष ढकालको सभापति रहेको कार्यक्रममा वडा नम्बर ८ वडा अध्यक्षको प्रमुख अतिथि सुरेन्द्र सिंह खबास रहेका थिए ।
प्याब्सन सुनसरीका पदाधिकारी तथा सदस्य र प्याब्सनका विभिन्न पालिका पलिकाका अध्यक्ष तथा सदस्यको उपस्थिति रहेको कार्यक्रममा प्याब्सन प्रदेशका सदस्य उमेश थापाले प्याब्सनले नमुना बस्तिमा राखिएको हार्डिब बोर्डको अनावरण गर्नु भएको थियो।