बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जार सुबिधा सम्पन्न सन्ध्या होटेल एण्ड लज संचालनमा आएको छ।
आज असोज १० गते बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ वडा अध्यक्ष रोहित काफ्लेले रिबन काटेर उदघाट्न गरेका हुन ।
कालाबन्जार पेट्रोल पम नजिक रहेको आफ्नो घरमै सुबिधा सम्पन्न होटल एन्ड लज खोलेको होटल संचालक लोकेन्द्र सुवेदीले बताए ।
करिब २० लाखको लगानीमा खोलेको होटेल एण्ड लजमा एसि सहित कोठा रहेको छ।भने एसि कोठामा बसेर विभिन्न खाने आइटम खान सकिने सुवेदीले बताए ।
उनका अनुसार आफ्नो घरमै होटेल संचालन गरेकोले अन्य होटलमा भन्दा धेरै सस्तोमानै यहा बाट उपलब्ध हुने हरेक कुरामा पाउने बताए ।