जीवन ज्योति इङलिस स्कुल बराहक्षेत्र ८ बाघझोडामा संचालित बराहक्षेत्र नगरपालिकाको पहिलो निजि कलेजले कक्षा ११ लाई स्वागत साथै कक्षा १२ लाई बिदाई गरेको छ।
शनिबार सुर्य फेमली पार्टी प्यालेजमा एक भब्य कार्यक्रमका साथ उनिहरुलाई स्वागत साथै अध्ययन पूरा गरेका बिद्यार्थीहरुलाई बिदाई गरिएका हुन ।
नवागंतुक विद्यार्थी र कक्षा १२ मा अध्ययन सकेका बिद्यार्थीलाई उच्च शिक्षा हासिलकालागि शुभकामना र स्वागत साथै मायाको चिनो दिदै उनी हरुलाई बिदाई गरिएको कार्यक्रम संयोजक १२ कक्षामा अध्यनरत सलिना कार्कीले बताए ।
पिन्सिपल धरेन्द्र लिम्बु , पुर्ब पिन्सिपल दिवस बिष्ट र कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र ८ वडा अध्यक्ष रोशन खड्का बिब्यसका अध्यक्ष दिल बहादुर बस्नेत र सप्तकोसी बहुमुखी क्याम्पसका प्रमुख साथै कार्यक्रमका बिशेश अतिथि खगेन्द्र निरौला लगायतले स्वागत साथै बिदाई गरेका हुन ।
विगत ५ बर्ष देखि ग्रामीण क्षेत्र बराहक्षेत्रमा पहिलो पटक कक्षा ११ र १२ संचालन गरेको यश बिधालयले अहिलेसम्म उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको बिधालयका पिन्सिपल धरेन्द्र लिम्बुले बताए ।
हामी भौतिक पुर्बधारमा कमजोर भएता पनि शैक्षिक गुणस्तरमा हामी कहिले सम्झौता नगरी शैक्षिक गतिविधि लाई अग्रपंक्तिमा राख्दै आएको बताए । शैक्षिक क्षेत्रमा मात्र नभई अन्य विभिन्न गतिविधि समेत अग्र स्थानमा रहदै आएको उनले बताए ।
पुर्ब पिन्सिपल दिवस बिष्टले भने हाम्रो यश जीवन ज्योति इङलिस स्कुलले संस्कार सहितको शिक्षा दिदै आएको बताए । अब आउने दिनमा हामी भौतिक पुर्बधारमा निर्माण गर्न हामी लागि परेको बताए ।
तपाईहरुको मेहनत र लगनशीलले गर्दा आज यश बिधालयले अहिलेसम्म सबै मन मष्तिकमा रहन सफल भएको र अझै जिल्ला उत्कृष्ट बनाउन नवागंतुक विद्यार्थी भाइ बहिनीहरुले पनि लगनशीलता सहित अध्यन गर्न आग्रह गरे ।
हामी ग्रामीण क्षेत्रमा रहेरपनी शहरका बिधालयहरु भन्दा हामी कुनै पनि गतिविधिहरुमा पछी नपरेको बताए ।
यता बिशेश अतिथि खगेन्द्र निरौलाले भने ग्रामीण क्षेत्रमा रहेर पनि धरान इटहरीमा रहेको बिधालयहरु भन्दा जीवन ज्योति इङलिस स्कुलले उत्कृष्ट नतिजा ल्याउदै आएको बताएका छन् । नवागंतुक विद्यार्थीहरुले यश स्कुलमा आफ्नो भबिस्य देखेर आउनुभएको विद्यार्थीहरुले हामीले देखाए बाटो हिड्न अग्रह गर्दै कक्षा १२ अध्ययन सकेका बिद्यार्थीहरुलाई उज्जवल भविषयको कामना गर्दै अझ मेहनत गरि उच्च शिक्षामा समेत राम्रो नतिजा सहित यसैगरी उतिर्ण हुन निरौलाले शुभकामना समेत दिएका थिए ।
कक्षा १२ अध्यनरत विद्यार्थी कविता घिमिरे कलेज टप गरे भने सुमन पराजुली र सुम्निमा खड्काले ए प्लस लिएर उतिर्ण हुने विद्यार्थीहारुलाई स्कुलले सम्मान सहित मायाको चिनो प्रदान गरेका थिए ।
कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुको आयोजनामा भएको स्वागत साथै बिदाई कार्यक्रममा थप उत्कृष्ट बनाउन शिक्षिका र विद्यार्थीहरुले आफू संग भएको नृत्य , गायन, लगायत कार्यक्रमले जन आकर्षक बनाएको थियो ।