वराहक्षेत्र नगरपालिकाले श्रीलंका टप्पुमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
वडा नं ६ र ९ मा पर्ने दुर्गम बस्तिको रुपमा रहेको टप्पुमा मङलवार नगरपालिकाले हाडजोर्नी , छाला , नाक , कान , घाटि र स्त्रीरोग सम्बन्धि परिक्षण सहित निशुल्क अौषधि समेत बितरण गरेको थियो ।
टप्पुमा रहेको सामुदायिक स्वास्थ्य इकाईका प्रमुख पाण्डव चन्द्रवशीका अनुसार टप्पुमा पहिलो पटक निशुल्क अौषधी बितरण सहितको स्वास्थ्य शिबिर सञ्चालन भएको हो ।
यस भन्दा अगाडि टप्पुमा १-२ पटक स्वास्थ्य शिबिर भए पनि निशुल्क अौषधि बितरण गरेर शिबिर आयोजना भएको थिएन् । विशेषज्ञ डाक्टरहरुको उपस्थितमा निशुल्क रुपमा अौषधी बितरण भएको शिबिरले स्थानीयहरुमा भएको रोगको परिक्षण र उपचारमा सहयोग पुगेको चन्द्रवशीले बताए ।
इन्टरनेशनल नेपाल फेलोसोपको आर्थिक सहयोग
तथा आई एन अफ नेपाल हरियोखर्क अस्पताल पोखराले समन्वयमा शिबिरमा २ सय ५० भन्दा बढि सेवाग्राहीले सेवा लिएका थिए । वराहक्षेत्र – ६ स्थित सामुदायिक स्वस्थ्य ईकाई गरैयामा आयोजना भएको शिविरमा जनरल डक्टर प्रकाश कार्की , स्त्री रोग विशेषज्ञ डाक्टर निशा अधिकारी लगाएका स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए ।
नगर प्रमुख रमेश कार्कीले श्रीलंका टप्पुवासीको आदारभुत आवश्यकताका पूरा गराउने कार्यमा लागि परेको बताए । टप्पुको शिक्षा , खानेपानी, सिचाई , यातायातसंगै स्वास्थ्य लगाएको कुरामा नगरपालिकाले योजना बनाएर काम गर्ने कार्कीले बताए ।
शिबिर आयोजना गरेर स्वास्थ्य समबन्धि सचेत र जनचेतना बढाउन खोजेको बताउदै टप्पुमा रहेको स्वास्थ्य संस्थाको स्तरबृद्बि गरेर सेवा दिइने कार्कीले बताए । नगरपालिका भित्रका ग्रामिण बस्तिमा स्वास्थ्य शिबिर आयोजना गरेर नगरवासीलाई स्वास्थ्य बनाउने योजनामा नगरपालिका लागि परेको नगर प्रमुख कार्कीको भनाई थियो ।
उक्त शिबिरमा प्रमुख प्रशाशकिय अधिकृत ऋद्बि प्रकाश सिटौला , वडा नं ६ अध्यक्ष उद्बव पोख्रेल , स्वास्थ्य शाखा जनस्वास्थ्य निरिक्षक उमेश मेहता , इन्टरनेशनल नेपाल फेलोसोपका अभियान्ता र आई एन अफ नेपाल हरियोखर्क अस्पताल पोखराका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । टप्पुमा पहिलो पटक औषधि सहितको स्वास्थ्य शिविर
वराहक्षेत्र नगरपालिकाले श्रीलंका टप्पुमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
वडा नं ६ र ९ मा पर्ने दुर्गम बस्तिको रुपमा रहेको टप्पुमा मङलवार नगरपालिकाले हाडजोर्नी , छाला , नाक , कान , घाटि र स्त्रीरोग सम्बन्धि परिक्षण सहित निशुल्क अौषधि समेत बितरण गरेको थियो ।
टप्पुमा रहेको सामुदायिक स्वास्थ्य इकाईका प्रमुख पाण्डव चन्द्रवशीका अनुसार टप्पुमा पहिलो पटक निशुल्क अौषधी बितरण सहितको स्वास्थ्य शिबिर सञ्चालन भएको हो ।
यस भन्दा अगाडि टप्पुमा १-२ पटक स्वास्थ्य शिबिर भए पनि निशुल्क अौषधि बितरण गरेर शिबिर आयोजना भएको थिएन् । विशेषज्ञ डाक्टरहरुको उपस्थितमा निशुल्क रुपमा अौषधी बितरण भएको शिबिरले स्थानीयहरुमा भएको रोगको परिक्षण र उपचारमा सहयोग पुगेको चन्द्रवशीले बताए ।
इन्टरनेशनल नेपाल फेलोसोपको आर्थिक सहयोग
तथा आई एन अफ नेपाल हरियोखर्क अस्पताल पोखराले समन्वयमा शिबिरमा २ सय ५० भन्दा बढि सेवाग्राहीले सेवा लिएका थिए । वराहक्षेत्र – ६ स्थित सामुदायिक स्वस्थ्य ईकाई गरैयामा आयोजना भएको शिविरमा जनरल डक्टर प्रकाश कार्की , स्त्री रोग विशेषज्ञ डाक्टर निशा अधिकारी लगाएका स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए ।
नगर प्रमुख रमेश कार्कीले श्रीलंका टप्पुवासीको आदारभुत आवश्यकताका पूरा गराउने कार्यमा लागि परेको बताए । टप्पुको शिक्षा , खानेपानी, सिचाई , यातायातसंगै स्वास्थ्य लगाएको कुरामा नगरपालिकाले योजना बनाएर काम गर्ने कार्कीले बताए ।
शिबिर आयोजना गरेर स्वास्थ्य समबन्धि सचेत र जनचेतना बढाउन खोजेको बताउदै टप्पुमा रहेको स्वास्थ्य संस्थाको स्तरबृद्बि गरेर सेवा दिइने कार्कीले बताए । नगरपालिका भित्रका ग्रामिण बस्तिमा स्वास्थ्य शिबिर आयोजना गरेर नगरवासीलाई स्वास्थ्य बनाउने योजनामा नगरपालिका लागि परेको नगर प्रमुख कार्कीको भनाई थियो ।
उक्त शिबिरमा प्रमुख प्रशाशकिय अधिकृत ऋद्बि प्रकाश सिटौला , वडा नं ६ अध्यक्ष उद्बव पोख्रेल , स्वास्थ्य शाखा जनस्वास्थ्य निरिक्षक उमेश मेहता , इन्टरनेशनल नेपाल फेलोसोपका अभियान्ता र आई एन अफ नेपाल हरियोखर्क अस्पताल पोखराका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।