नेपाल माझी उत्थान संघ बराहक्षेत्र नगर समिती को दोस्रो अधिबेशन सम्पन्न भएको छ।
बराहक्षेत्र न .पा .११ मधुवन स्थित माझी रास्ट्रिय सङ्ग्राहालय मा सम्पन्न भएको कार्यक्रममा नेपाल माझी उत्थान संघ बराहक्षेत्र नगर समितीका अध्यक्ष केशबराज माझीको सभापति दोस्रो अधिबेशन सम्पन्न भएको छ।
अधिबेशन बाट नया समिति चयन भएको छ ।जसमा खुल्ला गुमान सिङ माझी को अध्यक्षतामा नयाॅ कार्यसमिती चयन गरिएको छ।
समितीको उपाध्यक्षमा रमेश माझी , सचीवमा तारा बहादुर माझी,सह सचिबमा शर्मिला माझी र कोषाध्यक्षमा चन्द्रकला माझी चयन हुनुभएको छ।
साथै सदस्यहरुमा पुरण माझी, बिष्णु माझी, ओम बहादुर माझी, इन्द्र बहादुर माझी, बिक्रम माझी, मादब माझी, हरि लाल माझी, पुर्ण बहादुर माझी, पदम माझी रहनु भएको छ।
उक्त कार्यक्रमको प्रमुख अथिती बराहक्षेत्र न .पा. को सामाजिक विकास समिती का सयोंजक श्री रोशन खड्काले गर्नु भएको थियो भने विशेष अतिथीमा नेपाल मांझी उत्थान संघ जिल्ला कार्य समितीका सचिब श्री गुन्जमान माझी को उपस्तिथि रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी खड्काले बराहक्षेत्र नगरपालिका भित्रका सम्पुर्ण सघ सस्थाहरु सग हातेमालो गरि अगाडि बढ्ने समेत प्रतिबद्धता व्यक्त गर्नु भयो साथै नगर भरी छरिएर बसोबास गर्ने नगरकै पुरानो सिमान्कृत आदिवासी जनजाति माझी समुदाय हरुको भाषा, सस्काॅर, सस्कृति सरक्षंणमा लागि पर्ने प्रतिबद्धता जनाउनुभयो।साथै बराहक्षेत्र न पा ११ मा निर्माणधिन माझी रास्ट्रीय सग्राहालयलाई बराहक्षेत्र नगरपालिकाले विशेष सहयोग समेत गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।
विशेष अथिती नेपाल माझी उत्थान संघ जिल्ला कार्य समितीका सचिब श्री गुन्जमान माझीले सुनसरी जिल्ला भरी रहेको साबिक गाउँ समिति वडा समिती र हालको ४ वटा नगर समितीहरु को समयअवधी पूरा भएकोले भाद्र २४गते सम्ममा सम्पुर्ण समिती को अधिबेशन सम्पन्न गर्ने निर्णय जिल्ला समितीले जनाएको छ। कार्यक्रममा पुर्ब जिल्ला सचिब र जिल्ला सदस्य लगायतहरु को उपस्थिति रहेको थियो।