सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर २ जब्दी निवाशी भूपेन्द्र दाहाल सानैदेखि कृषि कर्ममा खुब चासो राख्दथे।
जन्मे हुर्केको गाउॅ मा धेरैजसो कृषि कर्मबाटै जिविकापार्जोन गर्ने भएर होला उनको पनि झुकाव पशुपालन र खेतिपातीमा धेरै थियो ।
बाल्यकाल गाउॅकै बिध्यालयमा पढ्दै अभिभावकलाई खेतिपाती र कृषि कार्यमा सघाउदै बिताए।कक्षा १२ गाउॅकै बिध्यालयबाट उतिर्ण पश्चात उच्च शिक्षा लिन राजधानी काठमाण्डौ हुईकिए।काठमाण्डौ बसेर उनले स्नातक तह उतिर्ण गरे साथै अर्थशास्त्र बिषयमा स्नाकोत्तर तह सम्मको अध्ययन गरे।
स्नातकोत्तर तहको सबै बिषय पास गरेर थेसिसको तयारी गर्दै गर्दा देशभर स्थानिय तहको निर्वाचन २०७४ को माहौल सुरु भइसकेको थियो।अब उनी भोट हाल्न र गाउॅको चुनावी रमझममा रमाउन आफ्नै घर फर्किए।
केहि समय त चुनावी रमझममै बित्यो ।चुनाव सकियो त्यसपछि उनको मनमा काठमाण्डौ फर्किएरै पढाइ सकाउने कि गाउॅमै बसेर केहि गर्ने भन्ने बिचार द्विबिधा आयो।लामो सोचबिचारपछि उनको मनमा अब गाउॅमै बसेर केहि गर्ने भन्ने बिचारले जित्यो र उनले गाउॅमै रहेर आफुलाई कृषि कर्ममा समाहित गर्ने निश्चय गरे
त्यस समय गाउॅको खेतीपातीहरुलाई हात्ती, बादर लगायत जङ्गलीजनावरहरुले खुब दुख: दिन्थ्यो ।त्यहि भएर ति जनावरहरुले खासै असर नगर्ने साथै माटो र हावापानी पनि सुहाउने कागती खेति गर्नुपर्छ भन्ने सोच उनमा आयो।
त्यसपछि आफ्ना सहपाठीहरु नबिन पौडेल र हिमाल पौडेल सङ्ग मिलेर अश्लेषा कृषि फर्म दर्ता गरि उनिहरुले ब्यवसायिक कागती खेति सुरु गर्ने अठोट लिए।
कागती खेती सुरु गर्नेपनि यस बिषयमा उनिहरुसङ्ग खासै ज्ञान थिएन।यसबारे ज्ञान लिन लेटाङ, प्रकाशपुर,खनारमा रहेको ब्यवसायिक कागती खेतीमा पुगेर यस खेतिको बारेमा सबैजसो ज्ञानहरु लिए।तत्पश्चात सुनसरी तरहराको एक नर्सरीबाट एक लाख २५ हजार रुपैयामा १२५० वटा युरेका जातको कागतीको बिरुवा लिएर आफ्नो, साथीहरुको र जग्गा भाडामा समेत लिएर जम्मा २.५ बिघा जमिनमा ति बिरुवाहरु रोपेर २०७५ सालदेखि बिधिवत रुपमा बराहक्षेत्र २ जब्दीमा ब्यवसायिक कागती खेति सुरु भयो।
कागती रोपेको दुइ बर्ष पछि देखि नै कागतीको बोटले फल दिन सुरु गर्यो।तर त्यस समय कोभिड महामारीको कारण लगाईएको फलेको कागती लकडाउनको कारणले गर्दा फलेका कागतीहरु बेच्न सकेनन।
सबै कुहिएर फाल्नुपर्यो। लकडाउन खुलेपछि पनि बजारको बारे ज्ञान नहुदा र बजारसम्म पुर्याउन नसक्दा उत्पादित कागतीबाट उल्लेखनिय लाभ लिन सकेनन।सो समय कागतीलाई लामो समयसम्म टिकाउन यसलाई प्रशोधन गरि अचार बनाउन सकिने बिचार उनिहरुमा आयो ।
अनि घरेलु प्रविधी प्रयोग गरि परिक्षणको रुपमा एक सय डिब्बा कागतीको अचार तयार पारे।
त्यस अचार गाउॅघरमै निशुल्क बितरण गरियो।सबैबाट राम्रो प्रतिकृया आयो। अब उनिहरुले २०७८ साल भदौदेखि ब्यवसायिक रुपमै साथी खाध्य उध्योग सञ्चालनमा ल्याएर कागतीको ब्यवसायिक खेति सगंसङ्गै अचारको समेत ब्यवसायिक उत्पादन सुरु समेत गरे।
सुरुसुरुमा कागतीको अचारमात्र उत्पादन गर्ने साथी खाध्य उध्योगबाट बिस्तारै मिक्स अचार, खुर्सानीको अचार र मिक्स अचार समेत सुरु भइ बिक्रिबितरण सुरु गरिएको छ।यस उध्योगबाट उत्पादित अचारहरुले खाध्य तथा गुण नियन्त्रण कार्यालयबाट उत्पादन अनुमतीसमेत पाइसकेको छ।हालसम्म यस उध्योगबाट ५० हजार डिब्बा अचार बिक्रिभइसकेको उनिहरु सुनाउछन।
सुनसरीको बराहक्षेत्र,उदयपुरको रामपुर लगायत सुनसरी जिल्लाभर यसका उत्पादनहरु हाल बिक्रिबितरण भइरहेको छ।
कागती लिनकै लागिॅ कागती बगैचामा धेरै मानिसहरु पुग्ने गरेका छन।सस्तो मुल्यमा गुणस्तरिय कागती पाइन थालेपछि उपभोक्ता तथा ब्यापारीहरु समेत कागती फर्म धाउन थालेका छन।
फर्म र उध्योगमा गरेर जम्मा ८ जनाले रोजगारी समेत दिएका छन उनिहरुले।खेतबारी देखि अचार उत्पादन र बिक्रिमा समेत तिन जना साथीहरु आफै खटिन्छन ।
कागती खेतिको लागि बराहक्षेत्र नगरपालिका कृषि शाखाले राम्रै सहयोग गर्दै आएको उनिहरु बताउछ।
अब उनिहरुको धाउन्न भान्छामा दैनिक प्रयोग हुने मसला आइटम उत्पादन गर्ने रहेको छ।
प्रदेश सरकारले लगभग दश लाख जतिको कृषि उपकरण अनुदानमा दिएपछि फर्म र उध्योगलाई अझ माथि लैजान अझ जोस र जागर आएको भनाई उनिहरुको छ।
आफ्नै गाउॅघरमा बसेर कृषि कर्ममा रमाउदै आफ्नै माटोमा सुन फलाउन प्रयासरत मेहनती युवाहरुको काम र प्रयास साच्चै सह्राहनिय रहेको छ। (भबिन राउत बाट )