बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ को कार्यालयले कालाबन्जार बजार एरियामा लागू औषध दुर्ब्यशनि विरुद्ध बिसाल र्याली गरेको छ।
भरौल प्रहरी चौकी कालाबन्जर संग सहकार्य वडा कार्यालयले संयुक्त आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागू औषध दुर्ब्यशनि विरुद्ध कालाबन्जार बजार परिक्रमा गरि विभिन्न पम्प्लेट सहित सचेतना मुलक कार्यक्रम गरेको वडा रोहित काफ्लेले बताए ।
काफ्लेले भने अहिले लागू औषध दुर्ब्यशनिमा अहिले धेरै युवायुवतीहरु फसेको उक्त कार्यक्रम गरेको बताए ।
लागू औषधमा फसेको मानिस हरुलाई पछि रियाप गएर पुर्नजिबनमा आउनुभएका मानिस हरुलाई राखेर पुर्न विद्यार्थीहरु संग अन्तक्रिर्या गर्ने समेत बताए ।
५ नम्बर वडामा लागू औषध दुर्ब्यसन मुक्त समाज बनाउ भने उद्देश्य लिएर अगाडि बढेको काफ्ले बताउछन् ।
उक्त कार्यक्रममा जगन्नाथ डेडराज जनता उच्च मा.वि.
,शिद्धार्थ मेमोरियल इङलिस स्कुल , मिलीजुली नि.मा.वि. , मुनबिम एकेडेमी , डिभाइनट लाइट एकेडेमीका विद्यार्थीहरु विभिन्न क्लब लगायत स्थानिय जनप्रतिनिधी, व्यापारी र विभिन्न दलका राजनैतिक प्रतिनिधि वडा बासी संघसंस्थाका प्रतिनिधि लगायत करिब ९ सय जना उपस्थित रहेको काफ्ले बताए ।