वराहक्षेत्र नगरपालिकामा रहेका सामुदायिक बिद्यालयबाट प्रदान हुने शिक्षालाई गुणस्तरीय र व्यवसायी बनाउनु पर्नेमा नगर प्रमुख कार्कीले जोड दिएका छन् ।
नगर भित्र रहेका केही बिद्यालयलाई छोडेर अधिकांस बिद्यालयहरुको शैक्षिक तथा प्रशाशनिक गतिविधि अत्यन्त कमजोर रहेकाले यसको सुधारमा नगरपालिका लागि पर्ने कार्कीले वताए ।
शनिबार नेपाल राहत शिक्षक समिति वराहक्षेत्रले आयोजना गरेको दोस्रो नगर सम्मेलनमा बोल्दै नगर प्रमुख कार्कीले समृद्ध बराहक्षेत्र बनाउने अभियानमा शिक्षकहरुले शिक्षामा सुधार गरेर अभियानलाई सफल बनाउन आब्हान गरेका थिए ।
नगरपालिकाले कुनै पनि तह , दरबन्दीमा रहेका शिक्षकलाई कुनै विभेद नगर्ने र उत्कृष्ट शिक्षक बनेर उत्कृष्ट बिद्यालय बनाउने अभियानमा लाग्न शिक्षकहरुलाई आग्रह समेत नगर प्रमुख कार्कीले गरे ।
नगर भित्र रहेका सामुदायिक बिद्यालयहरु बिच उत्कृष्ट बिद्यालय बन्न प्रतिस्पर्धा हुनु पर्ने बताउदै शिक्षालाई गुणस्तरीय बनाउन नगरपालिकाले योजना वनाउने कार्कीले बताए ।
राहत शिक्षक समिति वराहक्षेत्रका अध्यक्ष अनिल गौतमको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा नगर उप-प्रमुख नन्दकुमारी सुनुवार राई , शिक्षा बिकास शाखाका प्रमुख उप-सचिव देबन्द्र मल्ल , नेपाल राहत शिक्षक समितिका केन्द्रीय अध्यक्ष कृष्ष बिष्ट , शिक्षा बिकास शाखाका अधिकृत उत्तम भारती, प्रदेस नं १ समिति उपध्यक्ष सरिता नेपाल , सुनसरी अध्यक्ष बिजय चौधरी , उपध्यक्ष बेचन चौधरी , नेपाल राष्ट्रिय शिक्षक संगठन खड्ग कार्की लगाएले राहत शिक्षकको सेवा सुरक्षाको बिषयमा बोलेका थिए ।
वराहक्षेत्रमट २०७४ सालमा राहत दरवन्दीका शिक्षकहरु संगठित भएका थिए । हाल बराहक्षेत्रमा १ सय ३ जना राहत दरवन्दीका शिक्षकहरु विभिन्न बिद्यालयहरुमा कार्यरत रहेका छन् ।