नेपाली कांग्रेस वराहक्षेत्र नगर समितिले नगर अधिवेशनमा पदाधिकारीको उमेदवारहरुलाई नगर सदस्य पदमा मनोनीत गरेको छ ।
बिहिबार बसेको नगर कार्य समितिको बैठकले उपसभापति पदको उमेदवारहरु चित्रबहादुर राई , महेन्द्रप्रसाद मेहता , प्रसिद्ब प्रसाईं ( जोन ) , सचिव पदका उमेदवार रोनि बिष्ट , तिर्थराज भट्टराई , अबिराम थापा ( अनिल ) र सह- सचिव पदका उमेदवार महेन्द्र कार्की र युवराज भट्टराईलाई नगर सदस्य पदमा मनोनीत गरेको हो । सभापतिको उमेदवारहरुलाई भन्ने यस अगाडिको बैठकले नगरको वरिष्ठ नेताको रुपमा मनोनीत गरिसकेको छ ।
त्यस्तै नेपाली कांग्रेसको विधान २०१७ ( संशोधन सहित) को परिक्षत ३ को ९ को २ ख को व्यवस्था वमोजिम वराहक्षेत्र- १ का दिनेश राई , राजेन्द्र निरौला , भिषण बस्नेत ( विशाल) , सिताराम पौडेल वराहक्षेत्र – २ का रोशन श्रेष्ठ र प्रल्लाद थापा वराहक्षेत्र- ३ का नारायण निरौला, देविप्रसाद दाहाल, जानुका मोक्तान , तेजबहादुर पुरी वराहक्षेत्र – ४ का रत्नवहादुर बस्नेत वराहक्षेत्र – ५ का थर्क बहादुर कट्वाल वराहक्षेत्र – ६ का तुलसी श्रेष्ठ वराहक्षेत्र – ७ कादिलिप राई वराहक्षेत्र – ८ का राजु कटुवाल वराहक्षेत्र -९ का दिपक रौनियार र दुर्गाबहादुर बिष्ट वराहक्षेत्र – १० का टीका लिम्बू र वराहक्षेत्र ११ का अनिरुद मण्डललाई समेत नगर सदस्यमा मोनोनित गरिएको सभापति रमेश कार्कीले बताए ।
समितिको बैठकले नगर भित्रका टोल समिति गठनको काम सुरु गर्ने निर्यण समेत गरेको छ । (संगम बिष्ट )