वराहक्षेत्र / सुनसरीको वराहक्षेत्रमा रहेको चक्रघट्टिको जेसीजको ९ शाखा अधिवेशनबाट वर्ष २०२२ को अध्यक्षमा दिवश बिष्ट सर्वसम्मत निर्वाचित भएका छन।
अधिवेशनले दिवश बिष्टको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। अधिवेशनले कार्यकारी बरिस्ठ उपाध्यक्षमा लोमश दाहाल , कार्यकारिणी उपाध्यक्षमा दिपक रौनियार र तेजबहादुर पुरीलाई निर्वाचित गरेको छ।
उपाध्यक्षमा मौसम न्यौपाने , अर्जुन तामाङ ( शिशिर) , रमेश बस्नेत र रवि शासंकर निर्वाचित गरेको निर्बाचन संयोजक मञ्च आचार्यले बताईन् । त्यस्तै गरि सोमवार राति अवेर सम्पन्न अधिवेशनले जन सम्पर्क अधिकारीमा फुर्बालाल तामाङलाई निर्बाचित गरेको थियो ।
बाँकी महासचिव, सचिव र कोषाध्यक्ष सहित सदस्य जेसिजको विधान अनुसार पछि मनोनीत गरिने छ । चक्रघट्टिमा जेसीज सन २०१३ मा संस्थापना भएको थियो। हाल ९३ जना सदस्य रहेको चक्रघट्टि जेसिजको संस्थापक अध्यक्ष निश्चल बस्नेत रहेका थिए ।
त्यस पछि क्रमश रमेश कार्की , दिनेश पोखरेल , कमलनाथ दाहाल , देवकुमार चौधरी , मञ्जु आचार्य , संन्तोष चौलागाई र तिर्थराज भट्टराईले चक्रघट्टि जेसिजको नेतृत्व गरि सकेका छन् ।