बराहक्षेत्र नगरपालिकाको स्वास्थ शाखाले सोमबार गरेको एन्टिजन परिक्षणमा ४ जना कोरोना पुष्टि भएको छ।
चक्रघट्टिमा रहेको महेन्द्र माध्यमिक बिधालय १२ जना लाई चेक गर्दा ४ जना लाई संक्रमित भएको उपस्वास्थ्य निरीक्षक उमेश मेहताले बताए ।
संक्रमित हुनेमा बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ बाट ३ जना महिला र वडा नम्बर ८ बाट १ जना पुरुष गरि जम्मा जम्मा ४ जना संक्रमित भएको बताए ।
मेहताले भने २०७६ माघ महिना देखि हेर्ने हो भने २७ सय ११ जनामा संक्रमित भएको जसमा निको हुनेको संख्या २६ सय ५३ निको भएको र हालसम्म मृत्यु हुनेको संख्या ४९ जना रहेको हाल बराहक्षेत्रमा हालसम्म ९ जना संक्रमित रहेको बताए ।