बराहक्षेत्र / बराहक्षेत्र नयाँ पिँढि “परिवर्तन सम्भव छ” संस्थाले जेब्राक्रस अभियान अन्तर्गत बराहक्षेत्रमा ३५ वटा जेब्राक्रस निर्माण गरेको छ ।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बराहक्षेत्र नगरपालिकामा नयाँ पिँढि”परिवर्तन सम्भव छ” संस्थाले सनिवारबाट जेब्राक्रस अभियान सञ्चालन गरेको थियो ।
नयाँ पिँढि द्वारा सञ्चालित जेब्राक्रस अभियानमा बराहक्षेत्र नगरपालिकाको वडा नं ३ को नडाह चोक, मिलन चोक, वडा नं ५ को कालबञ्जर बजार जाने बाटो, जडेजा स्कुल,वडा नं ६ को बसपार्क, मुनाल चोक, नेता चोक, महेन्द्र गेट, वडा नं ७ को सप्तकोसी बहुमुखी क्याम्पस, बसन्त ऋतु माध्यमिक बिधलय, तित्रीगाछि माध्यमिक बिधलय, तित्रीगाछि प्रवेश द्वार ,बाङ्गे बजार, वडा नं ९ को राजाबास बजार, राजाबासको सरस्वती माध्यमिक बिधलय अगाडि,राजाबास बाट प्रकाशपुर जाने मुल सडक, वडा नं १० को जुङ्गे चोक, प्रकासपुर बजार, प्रकाशपुर बाट रामधुनि जाने बाटो आदि मुख्य सडकमा जेब्राक्रस निर्माण गरि आज अभियानको पाचौं दिन बराहा मार्ट अगाडी आएर कोट सभा गरि उक्त अभियानलाइ आज (बुधबार )समापन गरिएको छ।
बिधालय ,बजार क्षेत्र र बढी भिडभाडा हुने क्षेत्रमा जेब्राक्रस निर्माण गरिएको नयाँ पिँढि संस्थाका अध्यक्ष शिशिर तामाङले बताएका छन् ।
बढी भिडभाडा हुने क्षेत्रमा जेब्राक्रस निर्माण गरिएपछि दुर्घटना न्यूनीकरणमा सघाउ पुग्ने महेन्द्र नगर ट्राफिक देवराज विष्टले जनाएका छन् । ‘पैदल यात्रुले जथाभावी सडक पार गर्दा धेरैको ज्यान जाने गरेकोले यस कार्यलाई न्यूनीकरण गर्न जेब्राक्रसले निकै मद्दत पुर्याउने विश्वास लिएको विष्टले बताएका छन् ।
जेब्राक्रसबाट मात्रै सडक पार गर्नका लागि जनचेतनामूलक कार्यक्रम बराहक्षेत्र नगरपालिकामा ३५ वटा जेब्रा क्रसिङ निर्माण गरी समापन गरेको र आगमि दिनहरुमा पनि नयाँ पिँढि संस्थाले यस्ता सामजिक कार्यहरु गर्दै जाने अध्यक्ष शिशिर तामाङले बताएका छन् ।