नेपाल कम्युनिस्ट पार्टी (माओवादि केन्द्र)को वडा अधिबेशन अन्तर्गत वराहक्षेत्र वडा नं ७ वडा कमिटिको अध्यक्षमा जगन बजगाई निर्वाचित भएका छन् ।
शुक्रवार सम्पन्न प्रथम वडा अधिवेशनबाट लामो समय शिक्षा पेसामा कार्यरत भएर अबकार जीवन बिताईरहेका बजगाई निर्विरोध वडा कमिटिको अध्यक्षमा निर्वाचित भएका हुन् ।इ
नेवार भवन जङ्गी चोक भएको कार्यक्रममा
उपाध्यक्ष दिलमाया श्रेष्ठ , सचिब सुमन आचार्य सह सचिब कमला चौलागाईं ,कोषाध्यक्ष इश्वरी तिम्सिना २९ जनाको वडा कमिटी गठन गरिएको सचीव सुमन आचार्यले बताए ।
कार्यक्रममा सहिद परिवार घाइते तथा बेपत्ता परिवार तथा पार्टीमा लामो समय देखि योगदान पुर्याउनु हुने ब्यक्तित्व हरुलाइ पार्टीले सम्मान गरिएको थियो भने
जय बहादुर थापामगर को सभापतित्वमा बसेको कार्यक्रममा प्रमुख अतिथी प्रदेश कमिटी सदस्य नरेन्द्र बस्नेत को प्रमुख आतिथ्यमा साथै जिल्ला कमिटी सचिबालय सदस्य गणेश पान्डे को समेत उपस्थिती रहेको थियो। कार्यक्रम सन्चालन नगेन्द्र बजगाइले संचालन गरेका थिए ।
यस अगाडि माओवादी केन्द्रको वडा नं ६ को अधिवेशनबाट वडा कमिटीको अध्यक्षमा डिल्ली डोडेल र वडा नं ८ मा अशोक थापामगर अध्यक्षतामा २९/२९ सदस्यको वडा कमिटी गठन भईसकेको जिल्ला सचिवालय सदस्य तथा वराहक्षेत्र ईन्चार्ज पुष्प ढुंगानाले बताए । नेकपामा रहदा पार्टी संगठन र जनवर्गीय संगठनहरु जाम भएर बसेको र अधिबेशनले उर्जा र चलयमान बनाउन थालेको ढुंगानाले बताए ।
ढुङ्गानाका अनुसार शुक्रवारनै वडा नं १ को वडा अधिवेशनको खुल्ला सत्र सम्पन्न भएको छ । बन्द सत्रमा अध्यक्षको आकाक्षिं दुई जना देखिए पछि शनिवार कमिटी घोषणा हुन सकेन् । अब वडा नं १ मा थप छलफल र २ नम्बर वडामा शनिबार अधिबेशन हुनेछ । भन्ने वाकि रहेका वडामा क्रमश अधिबेसन गरिनेछ ।