सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ८ सालवनीमा पृथ्वी जयन्ती मनाईएको छ ।
स्थानीयवासिको नेतृत्वमा सालवनीको स्वामी गाछिमा राष्ट्र एकीकरणकर्ता , राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०० अौं जन्म जयन्तीको दिनमा मङलवार पृथ्वी जयन्ती मनाईएको हो ।
स्थानिय अगुबा प्राथमप्रताव राणाको सभाध्यक्षतामा सम्पन कार्यक्रममा स्थानीयहरुले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यापण तथा पृथ्वी नारायण साहको योग्दानको चर्चा गरेका थिए ।
स्थानीय समाजसेवि रामप्रताव बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा स्थानीय चिल्डेन हाट एकेडेमीमा प्राचार्य रोनि बिष्टले पृथ्वीनारायण शाहले राष्ट्रलाई पुराएको योग्दानको चर्चा जति गरे पनि अपुरो रहने बताए । उनले आफ्नो बिद्यालयमा पृथ्वीनारायण साहको तस्बिर राखेर बिद्यार्थीहरुमाझ पृथ्वीनारायणलाई जवित वनाउन खोजेको बताए ।कार्यक्रममा स्थानिय समाजसेवि रोशन खड्का , रामकुमार राई , वावुराम ठकुरी लगाएको उपस्थित रहेको थियो ।
पृथ्वीनारायण शाहको योगदानको स्मरण जयन्ती मनाइएको स्थानिय भुवन शाहीेले बताए । देश विकास र समृद्धिका लागि सुशासन कायम गर्नुपर्ने, घुस दिने र लिने दुवै देशका शत्रु हुन्, नेपाल दुई ढुंगाबीचको तरुल हो, जाइकटक नगर्नु झिकिकटक गर्नु, खेतीयोग्य जमिनमा बस्ती नबसाउनु भन्ने दिव्योपदेशको मर्म अझै पनि उत्तिकै सान्दर्भिक रहेको सहभागीहरूले बताए । यस वर्ष ३०० औं पृथ्वी जयन्ती दिन विषेश सालबनीमा पहिलो पटक कार्यक्रमको आयोजना गरिएको शाहीले बताए ।
भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले पृथ्वीनारायणलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । नेपाल एकिकरण गरेका राजा पृथ्वी नारायणको स्मरणमा २००७ साल पछि एकता दिवस मनाउन थालिएको थियो ।
पृथ्वी नारायण शाहले बाइसे र चौंविसे राज्यलाई एकिकरण गरेर वृहत नेपाल बनाएका थिए । तत्कालीन समयमा पृथ्वी नारायण शाहले दिएका उपदेश अहिलेको अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेकोले उनको दूरदर्शिताको कदरका लागि भएपनि दिवस मनाउनुपर्ने माग भएकाले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक प्राथमप्रताव राणाले बताए ।