वराहक्षेत्र – २ चतरामा रहेको वयरवन महिला बाबा वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ७ औं बार्षिक साधरण सभा सम्पन्न गरेको छ ।
आइतबार सम्पन्न साधरण सभामा शेयर सदस्य , बचतकर्ता , सरोकारवालाहरुको उपस्थितिमा
अौलिया मठ वोलबम धर्मशालामा सम्पन्न साधरण सभामा संस्थाका अध्यक्ष रेनुका कुमारी तिम्सिनाले सहकारीको बार्षिक प्रगति विबरण र भाबि योजना,प्रस्तुत गएका थिए ।
जसमा सहकारीको ६ सय १२जना शेयर सदस्य र ३८ लाख १० हजार ८ सय शेयर पुजी रहेको छ। भने बचत संकलन १ करोड ३० लाख २ हजार १ सय ९३ रुपैया , कर्जा लगानि १ करोड ६६ लाख २१ हजार २ सय रुपैया र खुद नाफा ७४ हजार ५ सय ८१ रुपैयाँ रहेको बताइन् ।
सहकारीका अध्यक्ष तिम्सिनाको सभापतिमा भएको साधरणसभामा वराहक्षेत्र नगरपालिकाका आर्थिक बिकास शाखा प्रमुख मातृका तिवारीको प्रमुख अतिथि रहेका थिए । साधरण सभामा स्वागत भाषण सहकारीकी सदस्य गिता नेपालले गरेका थिईन ।भने कार्यक्रममा आदर्श माबिका प्रअ प्रल्लाद भट्टराई , वसन्तऋतृ कृषि सहकारीकी अध्यक्ष दुर्गा बुढाथोकी , लगायतले सहकारीको प्रगतीको शुभकामना मन्तव्य राखेका थिए।
साधरण सभामा सहकारीमा उत्कृष्ट बचतकर्ता चन्द्रकला कार्की र ऋणी दिलकुमारि राईलाई नगद सहित सम्मान गरिएको थियो । साधरण सभाबाटै सञ्चालक समिति सदस्यमा कल्पना पाण्डे र लेखा संयोजकमा प्रमिता चौहानलाई मतपुर्ति गरिएको निर्वाचन संयोजक शान्तिराम खतिवडाले बताए ।