मेष
बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । बौद्धिक क्षेत्रमा समेत राम्रो छ ।
बृष
वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्ला । बन्दव्यापार र उद्योगधन्दामा ध्यान केन्द्रित हुनेछैन ।
मिथुन
व्यापाररव्यवसाय मध्यम रहेको छ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ, तर साँझदेखि प्रतिकूल समय सुरु हुनसक्छ ।
कर्कट
सुरुवातमा चन्द्रमा कमजोर रहेकाले निराशाको अनुभूति हुनेछ । मान्यजनसँग असमझदारी बढ्नसक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ ।
सिंह
सन्तुष्टिको अनुभूति हुनेछ । दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ ।
कन्या
रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् ।
तुला
चन्द्रमा राशिमा रहेकाले मनमा उमङ्ग रहने दिन छ, तर पारिवारिक समस्या र उल्झनमा समय दिनुपर्ने छ । आर्थिक पक्ष सबल छैन, कुनै वस्तु खरिद गर्दा महँगोमा पर्न सक्नुहुन्छ ।
बृश्चिक
वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्नेछ । नयाँ कामको वातावरण तैयार हुनेछ, अर्थलाभका अवसर मिल्नेछन् ।
धनु
इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । निर्णयात्मक शक्ति बढ्नेछ ।
मकर
कर्मचारीले हाकिमलाई खुसी पार्न सक्छन् । ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ । सन्तानपक्षबाट सन्तुष्टि मिल्नेछ ।
कुम्भ
कल्याणको काम र जनहीतका लागि समय र धनको उपयोग गरिने छ । बौद्धिक र प्राज्ञिक उन्नयनका लागि गरिएको प्रयास सफल हुनेछ ।
मीन
दिनभरि विभिन्न बाधाअड्चन व्यहोर्नुपर्ने हुन्छ । निराशा हुने र भाग्यबलमा कमी भएको अनुभूति हुनेछ । व्यवहारिक कारणले पारिवारिक जीवनमा तलबितल पर्नसक्छ ।