मानिसहरु सधै यात्रा गरिरहेका हुन्छन् । बास, माइक्रो तथा ट्याक्सीमा यात्रा गर्दा कतिपयलाई वान्ता हुने समस्या हुन्छ । वान्ता हुन्छ भनेर यात्रा नगरी पनि सुख पाइँदैन ।
वान्ता हुने समस्याका कारण तपाईलाई यात्रा गर्न दिक्क समेत लाग्छ होला । तर अब दिक्क नमान्नुहोस् । यसका केही उपायहरु समेत छन् जसले बान्ता हुन दिदैन ।
आउनुहोस् जानौं केही उपायः
यात्रा गर्दा कागती लिएर जाने र बेलाबेलामा कागती सुँघ्ने
ल्वाङ्ग खाने, अदुवाको टुक्रा वा अदुवा राखेको चिया खाने
कागती र पुदिनाको जुस पिउने, सुकमेल खाने
वान्ता हुन लागेमा लामो–लामो श्वास लिने
यात्रा गर्दा वान्ता हुने समस्या छ भने सकेसम्म अगाडिको सिट वा झ्याल भएको सिटमा बस्ने यात्रा गर्नुअघि केही खानेकुरा खाने ।