बराहक्षेत्र ८ सालवनीमा निःशुल्क स्वास्थ्य शिविर
बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ सालवनीमा रहेको जनक माध्यमिक बिधालयको प्राङ्गणमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीको आयोजनामा जनक मा. वि.का पूर्व विद्यार्थीहरूको व्यवस्थापन तथा बराहक्षेत्र नगरापालिका र नोवेल हस्पिटल विराटनगरको सहकार्यमा नोवेल हस्पिटल बिराटनगरका बरिष्ठ डाक्टरहरूद्वारा विभिन्न रोगहरुको निशुल्क सेवा दिएको पुर्ब विद्यार्थी सुमन बस्नेतले बताए ।
बस्नेतका अनुसार शिविरमा जनरल मेडिसिन छाला तथा कुष्ठरोग स्त्री तथा प्रसुती रोग शल्यक्रिया (सर्जरी) 1 हाडजोर्नी तथा नशा रोग नाक, कान तथा घाँटी रोग नवजात तथा बाल रोग दन्त रोग (दाँत रोग) इ .सि. जि . ( मुटु को जाँच) भिडियो एक्स-रे (USG) प्रयोगशाला ( Lab test ) ( रगत पिसाब परिक्षण) गरिएको थियो ।
उक्त शिविरमा बराहक्षेत्र नगरपालिका वडा नम्बर ८र९ का ४ सय भन्दा बढी जनताहरुले शिविरबाट फाइदा लिएका थिए ।