संवातदाता सिताराम ( समीर) चन्द्रवंशी
बराहक्षेत्र १०प्रकाशपुरमा कोशी आँखा अस्पताल द्वारा एकदिने निशुल्क आँखा शिविर सफलतापुर्बक सम्पन्न भएको छ।
बराहक्षेत्र १० प्रकाशपुरको आर्यन मेडिकल हलको आयोजनामा भएको शिविर जय सप्तकोशी इङलिस स्कुलको सह आयोजक रहेको आँखा सिविर कार्यक्रममा विहान १० बजे देखि ३ बजे सम्म सन्चालन गरिएको थियो ।
उक्त शिविरमा करिब ३ सय भन्दा बढी मानिसहरुले शिविर बाट लाभ लिएका थिए। हाल सबै ठाउँमा आँखाको समस्या देखा परिरहेको छ । समयमै आखाको चेक जाँच र उपचार गर्नले थप हुनसक्ने आँखाको समस्याबाट बच्न सकिन्छ भन्ने अभिप्रायको साथ एकदिने निशुल्क आँखा शिविर कार्यक्रम गरिको आयोजकले जनाए ।
आँखाको चेक जाँचको क्रममा आँखामा समस्या देखा परेका हरुलाई निशुल्क औषधि समेत वितरण गरिएको थियो भने आँखामा ठुलो समस्य देखा परे स्वास्थ परामर्श सहित अस्पतालमा रिफर समेत गर्ने आयोजकले बताए ।
बिगतकेहि दिन देखि आम मानिसहरुमा अँाखा सम्बन्धि विभिन्न समस्यहरु बढ्दो क्रममा देखिन्छ । जस अन्तरगत अँाखा पाक्ने , चिलाउने , सुन्निने शिविरमा अँाखा परिक्षण , मोतीया बिन्दु , आँखामा मासु पलाउने , आँखा आप्रेसन गर्नु पर्ने अवस्थाका बिरामी हरुले सेवा लिएको आयोजक साहयक चिकित्सक आर्यन साहले बताए।
अँाखा सम्बन्धि रोग फैलिरहेकाले उक्त रोग बाट बच्न र बचाउनकोलागि यो निशुल्क अँाखा शिविर प्रभाबकारी रहेको जय सप्तकोसी इङलिस स्कुलका पिन्सिपल जय प्रसाद आचार्यले बताए ।