मन्त्रालयनगरपालिका भित्र रहेका अस्पताल , स्वास्थ्य संस्थाको स्तरउन्नति , जनशक्ती , उपकरण र सेवा बिस्तार बारे नगर प्रमुख रमेश कार्कीले संघिय सरकारका स्वस्थ्य मन्त्री मोहनबहादुर बस्नेतको ध्यानाआक्रण गराउनु भएको छ ।
बुधबार सिहदवार काठमाडौ स्थित स्वास्थ्य मन्त्रालयमा पुगेर नगर प्रमुख कार्कीले स्वास्थ्य मन्त्री बस्नेतलाई लिखित रुपमा योजना पेस गर्नु भएको छ ।
वराहक्षेत्र – २ चतरा स्थित निर्माणाधिन चतरा अस्पतालको भवन योजनासंगै नगर प्रमख कार्कीले वडा नं १ सुर्यकुण्डमा अस्पताल , वडा नं ६ र ९ मा रहेको श्रीलंका टप्पुमा रहेका स्वास्थ्य ईकाईको स्तरउन्नती , प्रसुती गृह संञ्चालनकालागि जनशक्ति र थप उपकरणको माग नगर प्रमुख कार्कीले गर्नु भएको छ । त्यस्तै नगर अस्तालमा थप उपकरण , भौतिक संरचना , मधुवन प्रथामिक स्वास्थ्य केन्द्रलाई अस्तालको रुपमा बिकाश गराउन जनशक्ति , भौतिक संरचना र उपकरणहरुको आवश्यक रहेकाले व्यवस्थानकालागि मन्त्री बस्नेतलाई अनुरोध नगर प्रमुख कार्कीले गर्नु भएको थियो ।
वडा नं ३ देविथानमा निर्माण सुरु भएको भरौल अस्पताल भवनमा बजेट र आवश्यक सहयोग प्रकाशपुर र कालाबजरमा रहेका स्वास्थ्य चौकीको स्तरउन्नती त्यस्तै नगर भित्र रहेका स्वास्थ्य संस्थाहरुको बारेमा जानकारि गराउदै स्तरउन्नतिकालागि बजेट उपलब्ध गराउन मन्त्री बस्नेतलाई मेयर कार्कीले अनुरोध गर्नु भएको थियो ।
हाल नगरमा फैलिरहेको डेङ्गो रोगको परिक्षण नगरपालिकाले निशुल्क गरिरहेका र यसकालागि परिक्षण गर्न आवश्यक कीट उपलबन्ध गराउन समेत नगर प्रमुखले आग्रह गर्नु भएको थियो ।
सिहदवार स्थित मन्त्रालयमा भएको भेटमा नगर प्रमुख कार्की सहित वडा नं ७ का अध्यक्ष कपिल आचार्य , समाजसेबि राधिका कट्वाल , भिम कट्वाल लगाएको उपस्तिथि रहेको नगर प्रमुख कार्कीका निजि स्वकिय सचिय महेश घिमिरे ( सुरज) ले जानकारी दिए ।